२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

असला माछाको मुल्य प्रतिकिलो ५ हजार

१९ कार्तिक २०७२, बिहीबार ०२:१४

कात्र्तिक १९, बाग्लुङ । बागलुङको दरमखोलामा पाइने असला माछा सुकाएर बेच्दा प्रतिकिलो रु. पाँच हजारमा बिक्री हुने गरेको छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु पाँच सय रहेको छ । दुई वर्षअघि रु तीन हजार पर्ने ‘सुकुटी माछा’को मूल्य अहिले बढेर रु पाँच हजार पुगेको हो । सुकेको माछाको माग र रोजाइृ बढेपछि मूल्य पनि बढेको हो ।

asala fish
छुट्टिमा नेपाल आएकाले जापान लगायतका मुलुकमा जाँदा सुकुटी लिएर जाने प्रचलन नै बसेको छ । विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली पनि सुकेको माछा बन्ने गरेको छ । गाउँमा भन्दा विदेश लैजानेले महङ्गो मूल्य तिरेर माछा किन्ने गरेको मल्म–६ आँगाखेतका व्यवसायी बाबुराम केसीले बताउनुभयो ।

“सुकाएको माछाको माग अत्याधिक छ,”उहाँले भन्नुभयो– “जापानमा बाहेक काठमाडौँ, पोखरासम्म पुग्ने गरेको छ ।” स्वादका हिसावले असला माछा ग्राहकको रोजाईमा पर्ने गरेको व्यवसायीको भनाइ छ । दरमखोलाको माछा यस क्षेत्रमै प्रख्यात छ । पासा थापेर र जाल हानेर मारेका माछालाई व्यवसायीले आलै र सुकुटी बनाएर बेच्ने गरेका छन् । जिल्लाको मल्म र काँडेबास क्षेत्रमा मात्रै दैनिक ५० जनाभन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । माछा मार्ने व्यक्ति केहीले आफँै सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने केहीले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन् । सुकेको माछाको माग बढ्दै गएपछि मूल्य पनि वृद्धि हुँदै गएको हो ।

दसैँ मान्न घर आउनुभएका मल्म–६ का प्रशान्त थापाले जापान फर्कँदा सुकुटी माछा लैजान किनेर जोहो गरिसकेको बताउनुभयो । जापानमा दरमखोलाको माछा सबैका लागि महत्वको ‘चीज’ बन्ने गरेको उहाँको भनाइ छ ।

स्थानीय उपभोक्ता तथा होटल–रेष्टुराँमा जाने ग्राहकका लागि पनि माछा रोजाईमा पर्ने गरेको मल्म–७ बाँस्खोलाका व्यवसायी मनराज रानाले बताउनुभयो । माछा मार्न सकियो भने बिक्रीको लागि कुनै समस्या छैन उहाँले भन्नुभयो ।

खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृतरुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ ।

दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मार्ने रहेको छ । माछा मार्ने र माछाका परिकार उपलब्ध गराउने होटल–रेष्टुराँका व्यवसायीले पर्याप्त आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य