२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

इलाका प्रहरी कार्यालय भिमगीठेले मदिरा नियन्त्रण अभियानलाई तिव्रता दिने

२०७२, २९ कार्तिक आईतवार ०९:२९

सागर भण्डारी । कार्तिक २९, बागलुङ । इलाका प्रहरी कार्यालय भिमगीठे पनि अव आफ्नो कार्यक्षेत्रमा अवैध मदिरा उत्पादन, बेचविखन तथा सेवन गर्नेलाई कार्वाही गर्ने अभियानलाई तीव्र पार्ने भएको छ ।

आज इलाका प्रहरी कार्यालय भिमगीठेको परिसरमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको इलाका प्रहरी कार्यालय भिमगीठेका ईञ्चार्ज सुर्य प्रसाद शर्माले बताउनुभएको छ । शर्माका अनुसार आज वसेको बैठकले, इलाका प्रहरी कार्यालय भिमगीठेको कार्यक्षेत्र भिमगीठे, रणसिंह किटेनी र दर्लिङ गाउँ विकास समितिमा अवैध मदिरा उत्पादन, बेचविखन र सेवन बढेर गएको, जस्ले सामाजिक शान्ति सुरक्षामा आँच आउने भन्दै सामाजिक सुव्यवस्था कायम गर्नका लागि उक्त कामलाई नियन्त्रण गर्नु पर्ने निर्णय गरिएको हो ।

बैठकले, त्यस क्षेत्रमा विहान ६ वजेदेखि वेलुकी ६ वजेसम्म मदिरा सेवन नगर्ने नगराउने भन्दै हाटल व्यवसायीहरुलाई आग्रह गरेको छ । गाउँ स्तरमा उत्पादन र बेचविखन तथा सेवनमा न्युनिकरण गर्न अभियान सञ्चालन गरिने, समाजमा लागु औषध सेवन गर्ने जस्ता विकृतिहरु समेत देखिएकाले त्यस्ता कुलतमा लाग्न नदिन सचेतना फैल्याउने लगायतका निर्णयहरु गरिएको छ ।

स्थानीय राजनैतिक दलका प्रतिनिधि समाजसेवी बुद्धिजीवी होटलव्यवसायी सहितको संयुक्त बैठकले अभियानलाई साथ दिने प्रतिवद्धता जनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन