१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

इलाका प्रहरी कार्यालय भिमगीठेले मदिरा नियन्त्रण अभियानलाई तिव्रता दिने

२९ कार्तिक २०७२, आईतवार ०९:२९

सागर भण्डारी । कार्तिक २९, बागलुङ । इलाका प्रहरी कार्यालय भिमगीठे पनि अव आफ्नो कार्यक्षेत्रमा अवैध मदिरा उत्पादन, बेचविखन तथा सेवन गर्नेलाई कार्वाही गर्ने अभियानलाई तीव्र पार्ने भएको छ ।

आज इलाका प्रहरी कार्यालय भिमगीठेको परिसरमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको इलाका प्रहरी कार्यालय भिमगीठेका ईञ्चार्ज सुर्य प्रसाद शर्माले बताउनुभएको छ । शर्माका अनुसार आज वसेको बैठकले, इलाका प्रहरी कार्यालय भिमगीठेको कार्यक्षेत्र भिमगीठे, रणसिंह किटेनी र दर्लिङ गाउँ विकास समितिमा अवैध मदिरा उत्पादन, बेचविखन र सेवन बढेर गएको, जस्ले सामाजिक शान्ति सुरक्षामा आँच आउने भन्दै सामाजिक सुव्यवस्था कायम गर्नका लागि उक्त कामलाई नियन्त्रण गर्नु पर्ने निर्णय गरिएको हो ।

बैठकले, त्यस क्षेत्रमा विहान ६ वजेदेखि वेलुकी ६ वजेसम्म मदिरा सेवन नगर्ने नगराउने भन्दै हाटल व्यवसायीहरुलाई आग्रह गरेको छ । गाउँ स्तरमा उत्पादन र बेचविखन तथा सेवनमा न्युनिकरण गर्न अभियान सञ्चालन गरिने, समाजमा लागु औषध सेवन गर्ने जस्ता विकृतिहरु समेत देखिएकाले त्यस्ता कुलतमा लाग्न नदिन सचेतना फैल्याउने लगायतका निर्णयहरु गरिएको छ ।

स्थानीय राजनैतिक दलका प्रतिनिधि समाजसेवी बुद्धिजीवी होटलव्यवसायी सहितको संयुक्त बैठकले अभियानलाई साथ दिने प्रतिवद्धता जनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ महामूर्ख सम्मेलनको इतिहास धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते आज एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन संघीय संसद अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोपले अस्पतालमा क्षमताभन्दा बढी बिरामी वुमन्स डे कप : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल समाजवादी मोर्चाको बैठक आज बस्दै आज तराईका जिल्लामा होली पर्व मनाइँदै शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आज देशका अधिकांश भाग सफा रहने त्रिभुवन विमानस्थलमा अवतरण गर्न लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’