२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाहसंस्कार गरिएका मान्छे जिवितै घर आएपछि…

२०७५, २५ असार सोमबार ०७:३७

प्रेम सुनार/असार–२५, बुटवल। दाङ्गको मैरीघाट टोलमा एउटा अनौठो घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्वर ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चौधरीको मृत्यु भएको भन्दै  परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए । असार २१ गते सोही गाउँपालिका वडा नम्वर २ लालमटिया स्थित कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा शव फेला परेको थियो । 


              तस्वीर : मरेको मनिएका ब्यक्ति घर आएपछि अविर जात्रा

दाङमा एकजना मरिसकेका भनिएका व्यक्ति भेटिएका छन । उनी भेटिएर घर आएपछि उनको घर परिवारमा खुसियाली छाएको छ । शोकमा डुबेको उनको परिवारले सकुशल घर फर्किएका व्यक्तिलाई अबिर मालाले स्वागत गरेका छन । नचिन्ने अवस्थामा रहेको उक्त शव चौधरीका परिवारजनले उनैको हो भन्ने ठहर गर्दै बुझेर अन्तिम दाह संस्कार गरेका थिए । 

दाङ देउखुरीको राप्ती गाउँपालिका– ४ मौरीघाट निवासी ४५ वर्षीय महेन्द्रप्रसाद चौधरी सकुशल घर फर्किएपछि घरसँगै गाउँमा खुशियालीसँगै उनलाई अबिर र माला लगाएर परिवारजनले खुसी मनाएका हुन ।

असार २१ गते राप्ती गाउँपालिका– २ लालमटियास्थित कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो । उक्त शव महेन्द्रप्रसाद चौधरीका आफन्तले महेन्द्रप्रसादकै भएको अनुमानसहित घर लगेर अन्तिम संस्कार गरेका थिए ।

महेन्द्रप्रसादका छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरीले शव सडेगलेको अवस्थामा फेला परेपनि कपडा र जिउडालका आधारमा पहिचान गरी शव लगेर अन्तिम संस्कार गरेका हुन ।  स्थानीय भद्रभलाद्मीको रोहवरमा शव बुझेर उनीहरूले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरी सकेर परिवारका सदस्य किरिया बस्ने तयारी गर्दा कसैले महेन्द्रप्रसाद जीवितै रहेको भन्ने सूचना दिएपछि बल्ल उनको खोजी सुरू भएको दाजु इन्द्रप्रसादले जानकारी दिए ।

महेन्द्रप्रसाद मदिराका अम्मली रहेको तथा उनी यसअघि पनि हप्ता दश दिन बेपत्ता हुने गरेको हुँदा परिवारजनले उनको खोजी कार्यमा कुनै वास्ता गरेको थिएन । महेन्द्रप्रसाद बेपत्ता भएको बारेमा परिवारजनले आफैंले पनि नखोजेको र प्रहरीमा समेत कुनै जानकारी नदिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्र पाण्डेले बताए ।

महेन्द्रप्रसादको मृत्यु भइसकेको भन्ने खबरपछि परिवारका सबै सदस्य तथा आफन्त शोकमा थिए । तर आइतबार देउखुरीको लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सूचना दिएपछि छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरी खोजीमा इटुवा गएका थिए । इटुवामा भाईलाई भेटेपछि दाजु महेन्द्रप्रसादले भाइलाई घरमा ल्याएपछि उनको घरमा खुशीयाली छाएको हो ।

‘भाई पनि धेरै दिनदेखि हराई रहेको र सडेगलेको शव हेर्दा भाइको जस्तै देखिएकाले हामी भाइको मृत्यु भएको निश्चयका साथ अन्तिम संस्कार पनि पुरा गरेका थियौं ।’,दाजु इन्द्रले भने,‘ तर आज मेरो भाइ सकुशल घर आएको छ,यो एउटा अचम्मैको घटना भयो ।’ भाइको आगमन शोकमा डुबेका आफन्त तथा घर परिवारमा खुसियाली छाएको छ । भाइ भनि अर्कै व्यक्तिको शवको अन्तिम संस्कार गर्दासम्म २५ हजार बढी खर्च भएको बताए ।

महेन्द्रप्रसाद चौधरी पत्नीको मृत्युपछि एक्लै बस्दै आएका थिए । उनका छोरासमेत भिन्दै बस्दै आएको हुँदा उनी झनै मदिराका अम्मली बन्न पुगेको हुनाले उनलाई परिवारले वास्ता गर्न छोडेको थियो । त्यही समयमा उनी भारतको इटुवासम्म पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा