Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दार्चुलामा भालुको पित्तसहित दुई जना पक्राउ

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

लोकेन्द्र प्रशाद जोशी/असार २५, दार्चुला । दार्चुला जिल्लामा ६ ओटा भालुको पित्त सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सोमबार बिहान विशेष सुराकीको आधारमा प्रहरी सहायक निरिक्षक भान बहादुर चन्द नेतृत्वको सादा पोसाकमा खटीएको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगरबाट भालुको पित्त सहित ब्यास ६ का मान सिंह धामीलाइ पक्राउ गरेको हो ।

बंगाबगर लास्कुखोलाबाट संकास्पद रुपमा खलंगा बजारतर्फ सेतो कपडाको झोला हातमा बोकेर हिडिरहेको अवस्थामा ब्यास गाउँपालिका ६ पन्तोली बस्ने धनसिंह धामीका छोरा बर्ष ३६ का मान सिंह धामीको झोला चेकजाचँ गर्दा झोलाभित्र खैरो रङको भालुको पित्त बाधेर राखेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी नबराज अधिकारीले जानकारी दिनुभयो । ६ ओटै पित्तको तौल गर्दा ८ सय ९६ ग्राम तौलको रहेको उहाँले बताउँनुभयो ।

पित्तसहित पक्राउ परेका धामीले पित्त धरचुलामा डेरागरी बस्ने डाडाफाइ ३ हुम्ला सिमिकोट गाउँपालिका ७ का २६ बर्षिय रेकस शाहीले मगाएको बताएपछि शाहीलाइ समेत प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रबक्ता हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनालाई स्वास्थ्य परिक्षणपश्चात ६ थान भालुको पित्त सहित आबश्यक कार्बाहिकोलागी जिल्ला बन कार्यालय दार्चुलाको जिम्मा लगाइएको डिएसपी अधिकारीले बताउँनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।