२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा धान उत्पादन बढ्यो

२०७२, ४ मंसिर शुक्रबार २१:१८

कृष्ण कँडेल/ मंसिर ५, गलकोट । बागलुङको गलकोट क्षेत्रमा यो बर्ष धान उत्पादन बढेको छ । गत बर्ष भन्दा यस बर्ष धान उत्पादन बढेको किसानहरुले बताएका छन । कुल ७ सय ४४ दशमलव ५ हेक्टर क्षेत्रफलमा धान खेति गरिने गलकोटमा गतबर्षको तुलनामा यस बर्ष १ प्रतिशतले उत्पादन बढेको हो । गलकोटमा यो वर्ष १ हजार ५ सय ७५ दशमलव ८७ मिट्रिकटन धान फलेको कृषि सेवा केन्द्र हरिचौरका प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गत बर्ष गलकोटमा १ हजार ५ सय ६० दशमलव २७ मेट्रिकटन धान उत्पादन भएको थियो । अनुकुल मौसम, आकाशे पानी प्रयाप्त परेका कारण सिञ्चाई पुगेको, रोगकिराको आक्रमण कम भएको लागयतका कारण उत्पादन बढेको शर्माको भनाई छ । गलकोट क्षेत्रमा किसानहरुले स्थानियजातका जौधान, भट्टेधान, ठुलोधान, गौरिया धान, रेशली धान लगाउने गरेका छन ।

पछिल्लो समयमा भने उन्नत जातका राधा–७, राधा–११, खुमल–४, पोखरेली जस्ता धान रोप्ने गरेका छन । गलकोटको हरिचौर, मल्म, हटिया गविसमा धान खेती बढी मात्रामा हुने गरेको छ । त्यस्ते नरेठाँटी, दुदिलाभाटी काँडेवास, पाण्डावखानी, तारा, हिल अर्गल लगायतका गलकोटका सम्पुर्ण गाविसको तल्लो भागमा समेत धान खेती गरिन्छ । यसैविषयमा हामीले यस बर्ष धान उत्पादन कस्तो रह्यो ? भनेर
किसानहरुलाई सोधेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह