१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा धान उत्पादन बढ्यो

४ मंसिर २०७२, शुक्रबार २१:१८

कृष्ण कँडेल/ मंसिर ५, गलकोट । बागलुङको गलकोट क्षेत्रमा यो बर्ष धान उत्पादन बढेको छ । गत बर्ष भन्दा यस बर्ष धान उत्पादन बढेको किसानहरुले बताएका छन । कुल ७ सय ४४ दशमलव ५ हेक्टर क्षेत्रफलमा धान खेति गरिने गलकोटमा गतबर्षको तुलनामा यस बर्ष १ प्रतिशतले उत्पादन बढेको हो । गलकोटमा यो वर्ष १ हजार ५ सय ७५ दशमलव ८७ मिट्रिकटन धान फलेको कृषि सेवा केन्द्र हरिचौरका प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गत बर्ष गलकोटमा १ हजार ५ सय ६० दशमलव २७ मेट्रिकटन धान उत्पादन भएको थियो । अनुकुल मौसम, आकाशे पानी प्रयाप्त परेका कारण सिञ्चाई पुगेको, रोगकिराको आक्रमण कम भएको लागयतका कारण उत्पादन बढेको शर्माको भनाई छ । गलकोट क्षेत्रमा किसानहरुले स्थानियजातका जौधान, भट्टेधान, ठुलोधान, गौरिया धान, रेशली धान लगाउने गरेका छन ।

पछिल्लो समयमा भने उन्नत जातका राधा–७, राधा–११, खुमल–४, पोखरेली जस्ता धान रोप्ने गरेका छन । गलकोटको हरिचौर, मल्म, हटिया गविसमा धान खेती बढी मात्रामा हुने गरेको छ । त्यस्ते नरेठाँटी, दुदिलाभाटी काँडेवास, पाण्डावखानी, तारा, हिल अर्गल लगायतका गलकोटका सम्पुर्ण गाविसको तल्लो भागमा समेत धान खेती गरिन्छ । यसैविषयमा हामीले यस बर्ष धान उत्पादन कस्तो रह्यो ? भनेर
किसानहरुलाई सोधेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ महामूर्ख सम्मेलनको इतिहास धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते आज एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन संघीय संसद अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोपले अस्पतालमा क्षमताभन्दा बढी बिरामी वुमन्स डे कप : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल समाजवादी मोर्चाको बैठक आज बस्दै आज तराईका जिल्लामा होली पर्व मनाइँदै शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आज देशका अधिकांश भाग सफा रहने त्रिभुवन विमानस्थलमा अवतरण गर्न लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’