२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हरिचौर सवस्टेसन डेढ बर्षमा बन्ने

८ मंसिर २०७२, मंगलवार १२:०२

कृष्ण कँडेल । मंसिर ८, गलकोट । बागलुङको हरिचौरमा निर्माणधिन नेपाल विद्युत प्राधिकारणको सव स्टेसनको अन्तिम चरणसम्मको काम सम्पन्न गर्नका लागि ठेक्का सम्झौता भएको छ । १ बर्ष ६ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरि बङ्लादेशी कम्पनी ईनर्जि प्याकले ४ करोडमा सम्झौता भएको नेपाल विद्युत प्राधिकारण क्षेत्रिय कार्यालय पोखराका प्रमुख रविन्द्र महासेठले जानकारी दिनुभयो ।

सवस्टेसन निर्माणको लागि करिव ३ महिना पहिले ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले साईट भेरिफिकेसन समेत गरिसकेको छ । अहिले ठेकेदार कम्पनी ईनर्जि प्याकले संरचना कुन अकारमा बनाउने, मेसिन उपकरण कसरी राख्ने लगायत ड्रोईङको काम गरिरहेको नेपाल विद्युत प्रधिकारण वितरण केन्द्र बागलुङका प्रमुख रोहिणी पौडेलले बताउनुभएको छ । सव स्टेसनको सम्पुर्ण निर्माणको काम नेपाल विद्युत प्राधिकारण क्षेत्रीय कार्यालय पोखराबाट हुनेछ ।

सव स्टेसनको लागि यस अघि नै जग्गा खरिद गरि सम्याउने लेवलिङको काम भईसकको छ । यो काम नेपाल विद्युत प्रधिकरण प्राविधिक सेवा विभाग अन्तरगत भएको बागलुङ वितरण केन्द्रका प्रमुख पौडलले बताउनुभएको छ । सवस्टेसन बनेपछि स्थानिय रुपमा उत्पादन भएका विद्युत आयोजनालाई केन्द्रिय प्रसारण लाईनमा जोड् सहज हुने छ । अहिलेसम्म गलकोट क्षेत्रमा वितरण केन्द्र बागलुङबाट विद्युत वितरण हुँदै आएकोमा सवस्टेसन बनेपछि गलकोट हरिचौरबाटै हुने प्राधिकारणले जनाएको छ ।

छोटो दुरीबाट विद्युत वितरण गर्दा सेवा स्तरिय हुने भएको छ । अहिले रहेको प्रसारण लाईनबाट ३३ केभी प्रसारण लाईनमा ११ केभी विद्युत वितरण भईरहेको छ । सवस्टेसन निर्माणपछि ११ कभी प्रसारण लाईनबाट विद्युत वितरण गरिने र ३३ केभीबाट स्थानिय उत्पादनको विद्युतलाई राष्ट्रिय प्रसारण लाईनमा जोडिने बताईएको छ ।

ठेक्का सम्झौता अनुसार समयमै सवस्टेसन निर्माण कार्य भएमा गलकोटको हिलमा निर्माणाधिन दरमखोला ए बाट उत्पादन हुने विद्युतलाई केन्द्रय प्रसारणलाईनमा जोड्न सजिलो हुने छ । सयपत्री हाईड्रोपावर कम्पलीले निर्माण गर्दै गरेको २.५ मेघावाट क्षेमताको दरमखोला ए करिव साढे १ महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…