२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउँदै

२६ असार २०७५, मंगलवार ०२:१९

असार २६, पोखरा | कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ । 

कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार यहाँ आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति एवं सञ्चयकर्ता दायरा विस्तार’ विषयको अन्तक्र्रियामा सञ्चयकर्ताको विश्वासलाई अझ प्रगाढ बनाउँदै सेवाको प्रभावकारिता अभिवृद्धिको उद्देश्यका साथ योजनाको खाका तयार गर्न लागिएको जानकारी दिइयो । 

कार्यक्रममा सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतमले सरकारी, सार्वजनिक संस्था, निजी क्षेत्रका साथै स्वरोजगार समेतलाई समेट्ने गरी योजना तयार भइरहेको बताउँदै योगदानमा आधारित निवृत्तिभरण योजना, वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर योजना, योगदानमा आधारित बृहत् सामाजिक सुरक्षा योजनाजस्ता कोषका भावी योजना भएको जानकारी दिनुभयो । 

गण्डकी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिंडारीले सञ्चय गरेअनुरुपको उचित प्रतिफलसमेत दिने गरी आगामी कार्ययोजना विस्तार हुनुपर्ने बताउनुभयो । 

सञ्चयकोष पोखरा कार्यालयका प्रमुख दिलीपराज पौडेलले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गरी सामाजिक सुरक्षाको क्षेत्रमा कोषको पहुँच र योगदानमा विस्तार गर्ने कोषको प्रतिबद्धता भएको बताउनुभयो । कोषका नायव मुख्य अधिकृत जीवनकुमार कटुवाल र अर्जुनकुमार गौतमले पाँचवर्षीय रणनीतिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नाका साथै उक्त संख्यालाई वृद्धि गर्ने उल्लेख गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सञ्चयकर्ताले गर्ने लगानीमा सञ्चयकर्ताप्रतिको जवाफदेहिता आवश्यक हुने धारणा राख्नुभयो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषनायण पौडेल, आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसाललगायतले सञ्चयकर्ता र सञ्चयकोषका कर्मचारीबीच जलविद्युत्लगायत अन्य संघसंस्थामा गरिने लगानीमा विभेद हुन नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड