२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

वैदेशिक रोजगारीको नाममा ठगी

२०७५, २८ असार बिहीबार ०९:०८

असार २८, उदयपुर | युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् । 

रोजगारीमा पठाइदिने र राम्रो तलब दिलाउने भन्दै सर्वसाधारणबाट मोटो रकम लिएर विदेश पठाएपनि विदेशमा सम्झौताअनुसारको काम र तलब नपाएर उनीहरुको बिजोग हुने गरेको छ । 

जाँतेका केशर रार्ईलाई डेढ वर्षअघि गाईघाटकै एक मेनपावरले राम्रो काम र तलब दिने सर्तमा रु एक लाख ७० हजार लिएर साउदी अरब पठायो । भनेजस्तो काम र तलब नपाएपछि उहाँ स्वदेश फर्किनभयो । 

यस्तै, चौदण्डी नगरपालिका– ३ हँडियाका किशोर चौधरी दुई वर्षअघि गाईघाटको सनलाइट ओभरसिजबाट साउदी अरब जानुभयो । उहाँले एक हजार ५०० रियाल तलब दिने भनेपनि ५०० रियालमात्र पाउनुभयो । 

“साउदी अरब पुगेपछि मात्र गैर कानूनी रुपमा विदेश आएको थाहा पाएँ,” उहाँले भन्नुभयो । 

गाईघाटस्थित विभिन्न मेनपावरले सर्वसाधारणलाई ठगेर विदेश पठाउने गरेको पाइएको छ । जिल्ला समन्वय समिति वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास योजनाका संयोजक सोनम राई सात महिनामा स्थानीय मेनपावरविरुद्ध ३१ वटा ठगीका मुद्दा परेको बताउनुहुन्छ । 

ठगीमा परेका ३१ मुद्दामध्ये १२ वटामा आफूहरुले प्रशासन र प्रहरीसँग मिलेर कारबाही गराएर विदेशमा ठगिएकालाई घर फर्काइ न्याय दिलाएको संयोजक राईले बताउनुभयो । गाईघाटमा मेनपावर स्थानीयले नै अवैधरुपमा दर्ता नै नगरी सञ्चालन गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै