२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

वैदेशिक रोजगारीको नाममा ठगी

२८ असार २०७५, बिहीबार ०९:०८

असार २८, उदयपुर | युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् । 

रोजगारीमा पठाइदिने र राम्रो तलब दिलाउने भन्दै सर्वसाधारणबाट मोटो रकम लिएर विदेश पठाएपनि विदेशमा सम्झौताअनुसारको काम र तलब नपाएर उनीहरुको बिजोग हुने गरेको छ । 

जाँतेका केशर रार्ईलाई डेढ वर्षअघि गाईघाटकै एक मेनपावरले राम्रो काम र तलब दिने सर्तमा रु एक लाख ७० हजार लिएर साउदी अरब पठायो । भनेजस्तो काम र तलब नपाएपछि उहाँ स्वदेश फर्किनभयो । 

यस्तै, चौदण्डी नगरपालिका– ३ हँडियाका किशोर चौधरी दुई वर्षअघि गाईघाटको सनलाइट ओभरसिजबाट साउदी अरब जानुभयो । उहाँले एक हजार ५०० रियाल तलब दिने भनेपनि ५०० रियालमात्र पाउनुभयो । 

“साउदी अरब पुगेपछि मात्र गैर कानूनी रुपमा विदेश आएको थाहा पाएँ,” उहाँले भन्नुभयो । 

गाईघाटस्थित विभिन्न मेनपावरले सर्वसाधारणलाई ठगेर विदेश पठाउने गरेको पाइएको छ । जिल्ला समन्वय समिति वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास योजनाका संयोजक सोनम राई सात महिनामा स्थानीय मेनपावरविरुद्ध ३१ वटा ठगीका मुद्दा परेको बताउनुहुन्छ । 

ठगीमा परेका ३१ मुद्दामध्ये १२ वटामा आफूहरुले प्रशासन र प्रहरीसँग मिलेर कारबाही गराएर विदेशमा ठगिएकालाई घर फर्काइ न्याय दिलाएको संयोजक राईले बताउनुभयो । गाईघाटमा मेनपावर स्थानीयले नै अवैधरुपमा दर्ता नै नगरी सञ्चालन गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य