२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संचार माध्ययमको सवलिकरण र नियमनको लागी नयाँ निति – संचार मन्त्रि राई

१ माघ २०७२, शुक्रबार ०६:५०

कमल पौडेल/ माघ १, बागलुङ (खर्वाङ) । सुचना तथा सञ्चार मन्त्रि एवं सरकारका प्रवक्ता शेरधन राईले संचार माध्यमको सवलिकरण र नियमनको लागी नयाँ निति आवश्यक रहेको वताउनु भएको छ । शुक्रवार रेडियो सारथी १०७.४ मेघाहर्ज खर्वाङ, बागलुङको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै प्रवक्ता राईले संचार संग सम्बन्धित नयाँ निति तय गरिदैँ रहेको वताउनु भएको छ। देशको परिवर्तनमा समेत सञ्चार माध्ययमले महत्वपूर्ण भुमिका खेलेको भन्दै ग्रामिण क्षेत्रमा रहेर सुचना प्रवाहमा सहयोग गर्ने एफ.एम. रेडियोको काम प्रति प्रशंसा गर्नुभएको थियो ।

baglung

त्यस्तै शुभकामना दिँदै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले राज्यले उचित निति तय गर्नुपर्ने वताउँदै लगानीका क्षेत्र पहिलाउनु पर्ने वताउनु भएको छ। विष्टले रेडियो सारथीको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमले राज्यको तल्लो निकायले पनि रेडियोलाई सहयोग गर्नुपर्ने वताउनु भएको छ ।

शुभकामना दिँदै सुचना तथा संचार सहकारी संघका केन्द्रिय उपाध्यक्ष मना के.सि.ले रेडियो सारथीको विकासको लागी निरन्तर सहयोग गर्ने वताउनु भएको छ ।

baglung 2

व्रोकाष्टिङ एसोसियसन अफ नेपाल (वान) का केन्द्रिय सचिव दुर्गा अधिकारीले ग्रामिण क्षेत्रको रेडियो आवाज विहिनको आवाज वन्नु पर्ने वताउनु भएको छ।

त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले जिल्लाको समानुपातिक विज्ञापनलाई सहयोग गर्ने वताउनु भएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले संचार माध्यम विना राज्य नै असफल हुने भन्दै रेडियो सारथीको सहयोगको लागी जिल्ला विकास समिति संग समेत समन्वय गर्ने वताउनु भएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद रामनारायण सुवेदिले ग्रामिण भेगको पहिलो रेडियो सारथीले आफ्नो पहिचान स्थापित गरेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ।

उद्घाटन समारोहको उद्घाटन गर्दै एकिकृत सेवा केन्द्र वुर्तिवाङका प्रमुख जनक थापाले राज्यको सुचक संचार माध्ययम भएको वताउनु भएको छ । थापाले संचार माध्ययमको विकास विना देशको विकास सम्भव नहुने वताउनु भएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका प्रेम खरेल, रेडियो पुस्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्रि, प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रि, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, शेयर सदस्य होसियार सिंह थापा, प्रस्तोता लक्ष्मण वराल, कार्यक्रम प्रमुख कृष्ण प्रसाद पोखरेल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

baglung 1

कार्यक्रम संचालक समितिका अध्यक्ष एवं स्टेसन म्यानेजर विष्णु भुसालको अध्यक्षता, संचालक समितिका सहसचिव एवं समचार प्रमुख कमल पौडेलको स्वागत मन्तव्य एवं संचालक समितिका सचिव नारायण धितालको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै वार्षिकोत्सवको अवसरमा आज विहान रेडियोको तर्फवाट खर्वाङ वजार सरसफाई गरिएको थियो भने विरामीहरुलाई फलफुल तथा भिटामिन बि का क्याप्सुल वितरण गरिएको थियो । कार्यक्रममा स्थानिय वजारवासी, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको रेडियोले दिनभर प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव