२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

रोल्पाका दुईजना मनाङको फु खोलामा बेपत्ता

२०७५, २८ असार बिहीबार १५:४३

असार २८, मनाङ | रोल्पा घर भएका शीतल पुनमगर र रमेश बुढामगर भोर्दिन खोला नजिकै फुखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । 

नार्पाभूमि गाउँपालिका वडा नं ४ को वडा भवनमा ज्यामी काम गर्दै आएका १९ वर्षीय पुनमगर र २० वर्षीय बुढामगर गत असार २६ गते घरमा फोन गर्न भनी फुको क्याङ भन्ने ठाउँमा आउँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएर उनीहरु बेपत्ता भएका हुन् । 

विसं २०७४ साल चैतमा ज्यामी काम गर्न मनाङ छिरेका पुनमगर र बुढामगर हालसम्म बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । 

उनीहरुको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय मनाङ, अस्थायी प्रहरी चौकी, प्याखुका प्रहरी जवान तथा धारापानी प्रहरी चौकी लागिपरेका छन् भने बेँसीशहरस्थित लमजुङ जिल्ला प्रहरीलाई पनि खोजीकार्य जारी राख्न जिल्ला प्रहरी कार्यालय मनाङले अनुरोध गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै