२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा बाढी उद्धार सामग्री वितरण

३२ असार २०७५, सोमबार ०६:५४

असार ३२, गौशाला | वर्षेनी बाढीको चपेटामा परी लाखौँ जनधनको क्षति हुने गरेको महोत्तरी जिल्लामा बाढीबाट उद्धारका लागि एक संस्थाले उद्धार सामग्री प्रदान गरेको छ । 

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम महोत्तरीले जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीलाई उद्धार सामग्री प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक विशाल तिमल्सिनाले बताउनुभयो । 

सो संस्थाले रबरको डुङ्गा, लाइफ ज्याकेट, डोरी, आगलागीको बेला लगाउने पोशाक, माइक, भर्याङ, स्ट्रेचर, हेल्मेट, रेनकोट, त्रिपाल, कोदालो, फरुवालगायतका सामग्री प्रदान गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । 

सो सामग्री बाढीबाट अति प्रभावित जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकाका तीन स्थानमा उद्धारका लागि प्रदान गरिएको हो भने आवश्यक परेका बेला जिल्लाको कुनै पनि स्थानमा प्रयोग गर्न सकिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो