२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पश्चिम नवलपरासीका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित

२०७५, ३२ असार सोमबार ०७:३६

असार ३२, नवलपरासी | पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । 

बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । 

सिमावर्ती क्षेत्रसहित ग्रामीण भेगमा ‘घ’ वर्गका लघु वित्तीय संस्थाबाहेक अन्य बैंक स्थापना हुन सकेको छैन । उनीहरु बैंकिङ कारोवारका लागि सदरमुकाम परासी तथा राजमार्ग आसपासका क्षेत्रमा आउने गरेका छन् । 

“सिमावर्ती क्षेत्रमा बैंकि नहुँदा व्यापार व्यवसाय गर्न कठिन भएको छ,”उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य वैजनाथ जयसवालले भन्नुभयो । 

सुरक्षाको कारण देखाएर सरकारी तथा निजी क्षेत्रका बैंकले आफ्नो शाखा ग्रामीण तथा दुर्गम भेगमा स्थापना गरेका छैनन् । द्वन्द्वकालीन समयमा शान्ति सुरक्षाका कारण विस्थापित भएका बैंक अझै पुनःस्थापना हुन सकेका छैनन् । 

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले विस्थापित बैंकका शाखा तत्काल पुनःस्थापना गर्न तथा थप नयाँ बैंकका शाखा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । 

“सुरक्षाको कुनै समस्या छैन,” उहाँले भन्नुभयो, “बैंकलाई कस्तो सुरक्षा आवश्यक पर्छ, हामी उपलब्ध गराउँछौँ ।” 

सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा हालसम्म पाल्हिन्दन गाउँपालिकामा ‘घ’ वर्गको लद्युवित्त संस्थाबाहेक कुनै पनि बैंक स्थापना हुन सकेको छैन । सीमा क्षेत्रमा बैंक तथा वित्तीय संस्था स्थापनाका लागि निजी क्षेत्रबाट पहल भइरहेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताउनुभयो । 

महेशपुरमा द्वन्द्वकालमा विस्थापित नेपाल बैंक लिमिटेडको शाखा अझै स्थापना हुन सकेको छैन । बेलाटारीमा शाखा स्थापनाको तयारी भइरहेको शाखा प्रबन्धक भोजराज काफ्लेले बताउनुभयो । 

जिल्लाको ग्रामीण भेगमा बैंकका शाखा स्थापना गर्न पहल गरिने प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले बताउनुभयो । पश्चिम नवलपरासीको पाल्हिनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा बैकका शाखा स्थापना हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै