२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा सडक दुर्घटना भयानक बन्दै, यस्तो छ पछिल्लो ४ वर्षको तथ्यांक

२०७५, १ श्रावण मंगलवार ०६:३२

साउन १, बर्दिवास | महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४÷७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला चार वर्षयता बढ्दै गएको जनाएको छ । पछिल्ला चार वर्षको तथ्यांकानुसार गत आव २०७४÷७५ मा भएका ८७ सडक दुर्घटनामा सर्वाधिक ४४ जनाको मृत्यु भएको छ जसमा १२ वर्षमुनिका ११ बालबालिका, नौ वयष्क महिला र बाँकी २४ वयष्क पुरष छन् । गत आवका कात्तिक, फागुन र जेठ महिनामा सबैभन्दा बढी ११÷११ सडक दुर्घटना भएका छन् । 

यसअघि आव २०७१÷०७२ मा १९, आव २०७२÷०७३ मा २४ र आव २०७३÷०७४ मा २९ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक डिल्लीप्रसाद मैनालीले जानकारी दिनुभयो । पछिल्लो आव २०७४÷७५ मा त ६६ जना अङ्गभङ्ग नै भएर गम्भीर घाइते भएको कार्यालयले जनाएको छ । 

धमाधम नयाँ सवारी साधन थप, लापर्वाही तरिकाले सवारी चलाउने प्रवृत्ति, मादक पदार्थको सेवन र सडक बिग्रेर खण्ड बन्दै जानु नै सडक दुर्घटना र मानवीय क्षति बढ्नाका मुख्य कारण रहेको प्रनि मैनालीको ठम्याइ छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही तीव्र बनाए पनि दुर्घटना भने बढ्दै गएको तथ्यांकले देखाएको छ । गत आव २०७४÷७५ मा कार्यालयले २४ हजारमाथि कारवाही गरेर रु एक करोड ६० लाख राजश्व संकलन गरेको छ । सो तथ्यांक पनि पछिल्ला तीन आवमा सबैभन्दा बढी हो । यसअघि आव २०७३÷७४ मा गरिएका २३ हजार ५३५ कारवाहीबाट रु एक करोड ४६ लाख ५५ हजार राजश्व सङ्कलन भएको थियो । 

त्यसैगरी आव २०७२÷७३ मा गरिएका १५ हजार ५२ कारवाहीबाट रु ७६ लाख ६० हजार ९०० राजश्व संकलन भएको कार्यालयले जनाएको छ । वर्षेनी सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सघन रुपमा सचेतना अभियान सञ्चालन गरिएको जनाएको छ । गत आव २०७४÷७५ मा १५ विद्यालयमा सञ्चालन गरिएका कक्षामा एक हजार २८० विद्यार्थीलाई ट्राफिक शिक्षा दिइएको थियो । 

त्यसैगरी सुरक्षित चालक बनाउन सञ्चालन गरिएका ५५ कक्षामा एक हजार २८० चालकलाई, ८४ कक्षामा तीन हजार ३७२ यातायात व्यवसायीलाई र ४९ कक्षामा एक हजार ६८० सर्वसाधारणलाई ट्राफिक शिक्षा दिइएको प्रनि मैनालीले जानकारी दिनुभयो । 

यसैगरी चार अन्तरक्र्रिया, ‘प्रहरी मेरो साथी’ र ‘टोलटोलमा प्रहरी अभियान’ तथा पर्चा र पोष्टरबाट पनि ट्राफिक सचेतनासम्बन्धी अभियान सम्पन्न गरिएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै