२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका आधा दर्जन स्थानीय तहका कार्यालय जोड्ने सडक अवरुद्द

१ श्रावण २०७५, मंगलवार ०८:५५

साउन १, नुवाकोट | अविरल वर्षाका कारण ग्रामीण सडक बिग्रँदा यहाँका आधा दर्जन स्थानीय तहको कार्यालय सवारी साधनको पहुँचबाट वञ्चित भएका छन् । 

स्थानीय तहले विकास बजेटको ठूलो हिस्सा सडक निर्माण तथा स्तरोन्नतिमा खर्च गरे पनि सडक व्यवस्थित नहुँदा वर्षाका कारण आएको बाढीले ती सडक प्रयोगविहीन अवस्थामा पुर्याएको हो । 

ठूलो रकम खर्चेर विस्तार गरिएका सडक वर्षाले बगाउँदा जिल्लाको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर, तार्केश्वर गाउँपालिकाको केन्द्र दाङसिंह, किस्पाङ गाउँपालिकाको केन्द्र काहुले, पञ्चकन्या गाउँपालिकाको केन्द्र लाँकुरीभञ्याङ र शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरसम्म सञ्चालित सवारी साधान अवरुद्ध भएको हो । सडक अवरुद्धले जिल्लामा रहेका ८८ वटा वडा कार्यालय पनि सवारी साधनको पहुँच बाहिर छन् । 

बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको कार्यालय बाघखोर पुग्न असार पहिलो सातासम्म सार्वजनिक यातायातका गाडी सञ्चालन भइरहे पनि अहिले निजी गाडीसमेत चल्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार जनताको माग र आवश्यकताका आधारमा एक वर्षमा २५५ सडक किलोमिटर सडक विस्तार गरे पनि ती अधिकांश सडक वर्षाले क्षति पुर्याएका कारण 

केन्द्रबाट अन्यत्र जान कर्मचारी र सेवाग्राहीले सास्ती पाएका छन् । 

ग्रामीण सडक विस्तार भए पनि व्यवस्थित नहुँदा करोडौँ रुपैयाँको लगानी खेर गएको पञ्चकन्याका उपाध्यक्ष सीता खड्काले बताउनुभयो । “गाउँमा विकास भित्र्याउन सबैभन्दा दुर्गम स्थानमा केन्द्र तोकेर सडक विस्तार गरी जनतालाई सेवा पु¥याउन थालेका थियौँ ।” खड्काले भन्नुभयो, “केन्द्रसम्म विस्तार गरेको सडकमा अहिले मोटरसाइकलसमेत चल्न नसक्दा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने अन्योलमा छौँ ।” 

असार पहिलो सातादेखि नै निरन्तर परेको वर्षाले जिल्लाका बाह्रमध्ये पाँच स्थानीय तह सवारी साधनको पहुँचबाट वञ्चित हुँदा स्थानीयवासीको दैनिक क्रियाकलापमा असर परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य