२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनमोहन मेडिकल कलेज मापदण्ड पुरा भएको संस्था

२०७५, २ श्रावण बुधबार ०५:४८

साउन २, काठमाडौँ | प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका उपाध्यक्ष डा वंशीधर मिश्रले कुनै पनि देशमा ऐतिहासिक व्यक्तिको नाममा शहर, विमानस्थल, विद्यालय, क्याम्पस, अस्पताल, खेलकुद मैदानको नाम राखेर उनीहरुको योगदानलाई स्मरण गर्ने परम्पराअनुसार उक्त संस्था स्थापना गर्न लागिएकोमा त्यसलाई अनावश्यक राजनीतिकरण गरिएको विचार व्यक्त गर्नुभयो । 

एउटा शक्तिशाली आयोग बनाएर त्यसको सुझावका आधारमा मुलुकका विभिन्न भागमा सुविधा सम्पन्न अस्पताल खोल्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “मनमोहनको नाममा हामीले त्यस्तो लुट्ने वा कमाउने धन्दा चलाउने कुरै हुँदैन, अरुभन्दा धेरै छात्रवृत्ति दिने, अरुभन्दा राम्रो स्वास्थ्य सेवा सुविधा दिने भनेका छौँ ।” 

उहाँले अनशनरत डा गोविन्द केसीले स्वास्थ्य क्षेत्रलाई कसरी गुणस्तर बनाउन सकिन्छ भनेर उठाएका माग राम्रा भएपनि भौतिक, आर्थिक, जनसंख्या सबै पूर्वाधार हेरेर शिक्षण अस्पताल खोलेर नेपाललाई मेडिकल हब बनाउने विषयमा उहाँले सहयोग गर्नुपर्ने बताउनुभयो । 

डा केसीको उपचार जुम्लामा हुँदैन, काठमाडौँमा ल्याउनुपर्छ, त्यसपछि सर्वमान्य संसद् र जनताले बुझ्ने गरी यस विषयलाई सदाको लागि समाधान हुने गरी व्यापक छलफल गरिनुपर्छ, म पनि एक चिकित्सक हुँ, उहाँ पनि चिकित्सक हो, उहाँले भन्नुभयो । 

देशभरका सबै पक्षका विभिन्न तह र तप्काका करीब दुई हजार ६०० सदस्यले रु एक÷एक लाख जम्मा गरी सहकारीको माध्यमबाट स्थापना गर्न लागिएको उक्त संस्था आवश्यक मापदण्ड पूरा गरी मनसाय पत्र प्राप्त गरिसकेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते