२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाढीले बुर्तिबाङमा क्षति

२ श्रावण २०७५, बुधबार ०६:४६

साउन २, बागलुङ | गएरातिको अविरल वर्षापछि आएको भल–बाढीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा क्षति पुर्याएको छ । 

स्थानीय ठाडो खोलाले बाढीको रुप लिएपछि बजारका घर, भवन र सडकमा क्षति पुगेको हो । पसल, फर्निचर, मिल, रेष्टुराँ रहेका १५ वटा अस्थायी टहरामा बाढी पसेको प्रहरीले जनाएको छ । केही टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको र अन्यमा पसल तथा घरभित्रका सामान पुरिएका छन् । 

चार पक्की घरमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताउनुभयो । 

“घरभित्र पसेको भल, गग्रेटा सफा गर्ने र सामान निकाल्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “हिजो नै जोखिम भएका घरमा नबस्न भनिएकाले कुनै मानवीय क्षति भएन ।” मंगलबार दिउँसोदेखि नै परेको वर्षाले बुर्तिबाङ बजार जलमग्न भएको थियो । 

गग्रेटासहित बजार पसेको भलले निर्माणाधीन बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीको एक तला पुरेको छ । 

बजारका अस्पताल, बसपार्क, देवचोक, इलाका प्रहरी कार्यालय रहेको क्षेत्रमा बढी क्षति पुगेको स्थानीय रामनारायण सुवेदीले बताउनुभयो । उहाँका अनुसार स्थानीय बासिन्दा रातभर वर्षा भएपछि डरले जाग्राम बसेका थिए । भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । बुर्तिबाङदेखि भब्रेटा जाने मोटरबाटो खन्ने क्रममा थुप्रिएको ढुं््गा, माटो ठाडो खोलाले बगाउँदा बाढीको रुप लिएको हो । 

स्थानीय विपद् व्यवस्थापन समितिले उद्धार र राहतमा जुट्न सबैलाई अनुरोध गरेको छ । घरटहरा पूर्णरुपमा क्षति भई विस्थापित बनेका परिवारलाई तत्कालका लागि विद्यालय भवनमा राख्ने तयारी भइरहेको छ । बाढी पसेको स्थानमा सडक क्षतविक्षत बनेपछि बुर्तिबाङबाट बाहिर छुट्ने सवारी साधन रोकिएका छन् । बिहानपख वर्षा थामिएपछि जनजीवन सामान्य बन्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै