२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

एक दम्पतिको आग्रह: छोरोलाई बचाउँन चाहन्छौं, सहयोग गर्नुहोस्

२ श्रावण २०७५, बुधबार १०:३२

साउन २, काठमाडौँ | विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । 


अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने (बालक) छोरा रनिकलाई विगत २४ महिनादेखि थालासिमिया भएपछि उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबु रामबहादुर र आमा राधाले सहयोगका लागि सबैसंग आग्रह गरेका हुन् । 

रनिकका बाबु रामबहादुर परियारले भन्नुभयो,–“उपचार गर्दा धेरै पैसा खर्च भइसक्यो, अहिलेसम्म त ऋण खोजेर पनि गरियो, अब त उपाय नै छैन, म मेरो छोरालाई बचाउन चाहान्छु यहाँहरूले सहयोग गर्नुहोस् ।” रनिकको बोनम्यारो पत्यारोपण गर्न रु १७ लाख खर्च लाग्ने भएको छ । 

बालकलाई शुरुमा काठमाडौँको त्रिवि अस्पताल र सिभिल अस्पतालमा लगिएको थियो । सिभिलका डा विशेष पौडेलले रनिकलाई भारतमा लगेर उपचार गराउन सुझाब दिनुभएपछि सफदरजंग अस्पताल दिल्लीमा परीक्षण गरेपछि रनिकलाई थालासिमिया भएको पत्ता लागेपनि पत्यारोपणका लागि पैसा नभएका कारण उपचार नै नगरी नेपाल ल्याइएको थियो । उनका लागि अहिलेसम्म विभिन्न दाताबाट रु दुई लाखमात्र जम्मा भएको छ । 

उनको उपचारमा अहिलेसम्म करीब ७,००,००० (सात लाख रुपैयाँ) खर्च भइसकेको छ । बिरामी रनिकलाई दश दिनभित्र रगत दिइरहनुपर्छ । एक पटक रगत दिँदा कम्तीमा रू२ हजार ५०० खर्च हुन्छ । रामबहादुरले आफ्नो नाममा खोलिएको राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको खाता नं ११५००४१८५५१० र बैँक अफ काठमाडौँको खाता नं ०३४४०००००५००५२४ मा सक्दो सहयोग गर्न अनुरोध गर्दै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य