२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस टुरिजम’ प्रतियोगिता हुने

२०७५, २ श्रावण बुधबार १०:५४

साउन २, काठमाडाँै  | आगामी भदौ २५ गते काठमाडौँमा ‘मिस टुरिजम २०१८’ प्रतियोगिता हुने भएको छ । 

प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले १८ वर्षदेखि २५ वर्ष उमेरसम्मका अविवाहित नेपाली महिलाले प्रतियोगितामा आवेदन दिनसक्ने जानकारी दिनुभयो । प्रतियोगिताका लागि आजदेखि फारम खुला गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट प्रतियोगिलाई विभिन्न संस्था र कम्पनीले ब्राण्ड एम्वेस्डर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरसमेत प्रदान गरिनेछ । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले उक्त प्रतियोगिताबाट पर्यटन क्षेत्रको आन्तरिक तथा बाह्य रुपमा प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो