२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

२०७५, २ श्रावण बुधबार ११:०५

साउन २, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरोबाट पर्वत जिल्लाको जलजला गाउँपालिकामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अध्यक्ष तिमिल्सिनाले आज एक विज्ञप्तिमार्फत पहिरोबाट १७ वर्षीय विकास परियारको मृत्यु हुनुका साथै भीमलाल आचार्य, नारायणी आचार्य र तुलसीदेवी आचार्य गम्भीर घाइते हुनुभएको घटनाले आफूलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्नुभएको छ । 

उहाँले यस दुःखद् घडीमा दिवंगत विकास परियारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ । पहिरोका कारण जलजला गाउँपालिका–७ का पाँच घर पूर्ण क्षति भएको र १५ घरपरिवार विस्थापित भएका छन् । 

अध्यक्ष तिमिल्सिनाले घाइतेहरुको उपचार, पीडित परिवारलाई राहत तथा बसोबासको शीघ्र व्यवस्थापनमा तदारुकताका साथ लाग्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते