२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा जीप दुर्घटनामा १४ जना घाइते, चार गम्भीर

३ श्रावण २०७५, बिहीबार ०२:२३

साउन ३, बागलुङ । बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी नायब निरीक्षक मनबहादुर विकले बताउनुभयो । 

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बडीगाड गाउँपालिका–५ कि संगीता पुन, वडा नं ९ का दिलेन्द्र बुढामगर, गलकोट नगरपालिका–१० का दीपक पुन र नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर छन् । गम्भीर घाइतेसहित अन्य चारजना घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ । 

घाइतेमध्ये म्याग्दीको बेनी नगरपालिका–३ कि तिर्सना छन्त्याल, सोही ठाउँकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढामगर, काठेखोला गाउँपालिका–३ धम्जाका टीकाराम नेपालीलाई पनि थप उपचारको लागि पोखरा पठाइएको हो । 

दुर्घटनाका घाइते निसीखोला गाउँपालिका–४ का मकर थापा, नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, वडा नं ६ का लोकबहादुर खत्री, ढोरपाटन नगरपालिका–९ कि मञ्जु कार्की र उहाँकी छोरी रञ्जिता कार्कीको गलकोट नगरपालिका–३ स्थित आरोग्य अस्पतालमा उपचार भइरहेको छ । 

क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भई जीप दुर्घटना भएको हुनसक्ने प्राररम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका हरिचौरका प्रनानि विकले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का