२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्यपहाडि लोकमार्गको गल्कोट अर्लेखोलामा जिप दुर्घटना पत्रकार उजिर मगर सहित ४ जनाको अवस्था गम्भिर

३ श्रावण २०७५, बिहीबार ०२:४०

कमल पौडेल, साउन ३, बागलुङ । मध्यपहाडि लोकमार्ग अन्तरर्गत गल्कोट नगरपालिका वडा नं. ११ अर्ले खोलामा वुधवार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा पत्रकार उजिर मगर सहित १४ जना घाइते भएका छन्। बागलुङ बाट वुर्तिवाङ तर्फ जाँदै गरेको ध १ ज १४९ नं. को जिप मा सवार १४ जना नै घाइते भएको र ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ। प्रहरीका अनुसार ढोरपाटन नगरपालिका वडा नं. ४ का ४१ वर्षिय उजिरसिंह मगर, काठेखोला गाउँपालिका ३ धम्जाका २७ वर्षिय चालक टिकाराम नेपाली, बडिगाड ५ का २३ वर्षिय संगिता पुन, गल्कोट नगरपालिका वडा नं. १० का २३ वर्षिय दिपक पुन को अवस्था गम्भिर भएकोले पोखरा पठाइएको वताइएको छ। सामान्य घाइतेहरुमा बडिगाड गाउँपालिका वडा नं. ७ का २७ वर्षिय लोक वहादुर खत्रि, वडा नं. ९ का २२ वर्षिय सुमन वुढामगर, २० वर्षिय डिलेन्द्र मगर, वडा नं. २ का ५० वर्षिय कृष्ण थापा, निसिखोला गाउँपालिका वडा नं. ७ का वर्ष ४० का मकर थापा, नवलपरासी कावासोती नगरपालिका वडा नं. १५ का वर्ष ३२ का राजकुमार श्रेष्ठ, म्याग्दी वेनी नगरपालिका वडा नं. ३ का वर्ष २८ का कल्पना छन्त्याल, वर्ष २४ को तिर्सना छन्त्याल, ढोरपाटन नगरपालिका को वर्ष २१ को मञ्जु कार्की र उनकै छोरी वर्ष २ को रञ्जीता कार्कि रहेको प्रहरी नायव निरिक्षक मन वहादुर वि.क.ले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का