२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

राज्यद्वारा द्वन्द्वपीडितको निशूल्क उपचार गर्ने, उदयपुरमा मात्रै २ सय ५० भन्दा बढी घाईते

२०७३, १५ बैशाख बुधबार ०६:४५

udaypurअजयकुमार
साह/ बैशाख १५, उदयपुर ।
शान्ति तथा पुननिर्माण मन्त्रालय, शान्ती कोषको सचिवालयले सशस्त्र
द्वन्दको क्रममा घाईते तथा अंगभंग भएकाहरु व्यक्तिको निशूल्क उपचार गरिदिने भएको छ ।

कोषको सचिवालयको सहयोगमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले
द्वन्द्वका घाईतेहरुको निशुल्क उपचार गरिदिने भएको हो । द्वन्द्वपीडित घाईतेहरुको समस्यालाई ध्यान दिदै
स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उदयपुर जिल्लामा निशुल्क शिविर संचालन गर्न लागेको स्थानीय शान्ति
समितिको कार्यालयले जनाएको छ ।

स्थानीय शान्ति समिति उदयपुरको संयोजनमा जिल्ला अस्पतालमा
उदयपुरमा बैशाख ३१ गते शुक्रबारका दिन घाईतेहरुको लागि स्वास्थ्य शिविर संचालन गरिने तय भएको समितिका
संयोजक एक बहादुर कार्कीले बताए । संयोजक कार्कीले भने ‘प्रतिष्ठानको पुनस्र्थापना केन्द्र तथा हाड
जोर्नी विभागको आयोजनामा शिविरमा द्वन्द्वका घाईते मात्र नभएर हाड जोर्नी तथा नशारोगका विरामीहरुले पनि
उपचार गर्न पाउने व्यवस्था रहेकाले सबै विरामीहरुले फाईदा लिन सक्ने छन ।’

द्वन्द्वका घाईतेहरुको उपचारमा सहयोग पुगोस भनेर सरकारले पुर्वाञ्चलको लागि धरानस्थित विपि
कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क उपचारको व्यवस्था मिलाएको प्रतिष्ठानका हाडजोर्नी विभाग
प्रमुख प्रा. डा. गुरुप्रसाद खनालले जानकारी दिए ।

स्थानीय
शान्ति समितिको अभिलेख अनुसार उदयपुरमा २५० भन्दा बढि घाईते अपाङ्ग रहे पनि ५२ जनाले मात्र जिल्ला
प्रशासन कार्यालयबाट राहत पाएका छन । सशस्त्र द्वन्द शुरु भएको २०५२ फागुन १ देखि विस्तृत शान्ति
सम्झौता भएको २०६३ मंसिर ५ बिचको अवधिमा राज्य वा विद्रोही पक्षबाट घाईते बनाईएकाहरुको मात्र उपचार हुने
केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा