४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

राज्यद्वारा द्वन्द्वपीडितको निशूल्क उपचार गर्ने, उदयपुरमा मात्रै २ सय ५० भन्दा बढी घाईते

१५ बैशाख २०७३, बुधबार ०६:४५

udaypurअजयकुमार
साह/ बैशाख १५, उदयपुर ।
शान्ति तथा पुननिर्माण मन्त्रालय, शान्ती कोषको सचिवालयले सशस्त्र
द्वन्दको क्रममा घाईते तथा अंगभंग भएकाहरु व्यक्तिको निशूल्क उपचार गरिदिने भएको छ ।

कोषको सचिवालयको सहयोगमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले
द्वन्द्वका घाईतेहरुको निशुल्क उपचार गरिदिने भएको हो । द्वन्द्वपीडित घाईतेहरुको समस्यालाई ध्यान दिदै
स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उदयपुर जिल्लामा निशुल्क शिविर संचालन गर्न लागेको स्थानीय शान्ति
समितिको कार्यालयले जनाएको छ ।

स्थानीय शान्ति समिति उदयपुरको संयोजनमा जिल्ला अस्पतालमा
उदयपुरमा बैशाख ३१ गते शुक्रबारका दिन घाईतेहरुको लागि स्वास्थ्य शिविर संचालन गरिने तय भएको समितिका
संयोजक एक बहादुर कार्कीले बताए । संयोजक कार्कीले भने ‘प्रतिष्ठानको पुनस्र्थापना केन्द्र तथा हाड
जोर्नी विभागको आयोजनामा शिविरमा द्वन्द्वका घाईते मात्र नभएर हाड जोर्नी तथा नशारोगका विरामीहरुले पनि
उपचार गर्न पाउने व्यवस्था रहेकाले सबै विरामीहरुले फाईदा लिन सक्ने छन ।’

द्वन्द्वका घाईतेहरुको उपचारमा सहयोग पुगोस भनेर सरकारले पुर्वाञ्चलको लागि धरानस्थित विपि
कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क उपचारको व्यवस्था मिलाएको प्रतिष्ठानका हाडजोर्नी विभाग
प्रमुख प्रा. डा. गुरुप्रसाद खनालले जानकारी दिए ।

स्थानीय
शान्ति समितिको अभिलेख अनुसार उदयपुरमा २५० भन्दा बढि घाईते अपाङ्ग रहे पनि ५२ जनाले मात्र जिल्ला
प्रशासन कार्यालयबाट राहत पाएका छन । सशस्त्र द्वन्द शुरु भएको २०५२ फागुन १ देखि विस्तृत शान्ति
सम्झौता भएको २०६३ मंसिर ५ बिचको अवधिमा राज्य वा विद्रोही पक्षबाट घाईते बनाईएकाहरुको मात्र उपचार हुने
केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद