२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामपालाई करदाता मैत्री बनाउन अभियान

२०७५, ३ श्रावण बिहीबार ०५:५९

साउन ३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउन अभियान शुरु गरेको छ । 

यसै आर्थिक वर्षको शुरुवातसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान थालेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण शुरुवात बुधबारदेखि भइसकेको छ । 

प्रत्येक जनप्रतिनिधिलाई यस किसिमको अभियानमा सहभागी गराएर सम्बन्धित वडाका नगरवासीलाई जानकारी गराउनुपर्नेछ । त्यसैले शुरुवातको समयमा प्रशासनका कर्मचारी र जनप्रतिनिधिलाई यस अभियानमा सहभागी गराइएको छ । 

बुधबार अभियानको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाबाट स्वीकृत विधेयकका व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच एउटै बुझाई हुन आवश्यक रहेकाले अभियान शुरु गरेको जानकारी दिनुभयो । 

नगरसभाले आव २०७५÷०७६ का लागि स्वीकृत गरेको आर्थिक विधेयकको व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले अभिमुखीकरण शुरुवात गरिएको पनि प्रमुख शाक्यले जानकारी दिनुभयो । 

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकलाई सम्बन्धित शीर्षकमा कर तिर्नका लागि जिम्मेवार बनाउन र लिएको कर खर्च भएको शीर्षक देखाउन पनि यस्ता अभियानको आवश्यकता परेको धारणा राख्नुभयो । 

महानगरले ठूलो संख्यामा एकैपटक तथा सानो सानो समूहमा गरी पटकपटक अभिमुखीकरण गरेर राजस्व प्रशासनलाई मजबुत बनाउने लक्ष्य राखेको छ । विगतका ऐन र कानूनी व्यवस्थालाई विस्थापित गर्दै नयाँ व्यवस्था शुरुवात भएकाले पनि यस प्रकारको कार्यक्रमको आवश्यकता देखिएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी गराउनुभयो । 

अभियानमा जनप्रतिनिधि कामपाका कर्मचारी र व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थी सहभागी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते