२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको पहिलो महिला शंकराचार्यलाई सम्मान

२०७५, ३ श्रावण बिहीबार ११:४२

साउन ३, काठमाडौँ | विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरी सम्मानित हुनुभएको छ । 

नेपाल व्यापार संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा हिन्दू धर्मावलम्बीहरुको सर्वोच्च पदमा शंकराचार्य बन्नुभएका उहाँलाई सम्मान गरिएको हो । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली महिला हिन्दू धर्मको गुरुका रुपमा शंकराचार्यको भूमिकामा पुग्नुभएको भन्दै यसले नेपाल र नेपालीमा गौरवको अनुभूति भएको बताउनुभयो । “४० देशका महिलालाई पछि पार्दै गिरी शंकराचार्य बन्नुभएको छ, यो नेपाल र नेपालीका लागि खुशीको क्षण हो”, उहाँले भन्नुभयो । 

पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले शंकराचार्यको पदवी पाउने विश्वकै पहिलो महिला बन्नुभएकामा गिरीलाई बधाई दिँदै नेपालको हिन्दू जागरण र संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

काँग्रेस नेता गुरुराज घिमिरेले हजारौँ वर्षदेखि चलिआएको शंकराचार्यको उपाधि प्राप्त गरेकामा नेकपाका सांसद मुकुन्द न्यौपानेले विश्वका हिन्दूहरुको प्रतिनिधित्व गर्दै नेपाली महिलाले शंकराचार्यको पद पाएकामा नेपाल र नेपालीको शीर उचाइमा पुगेको बताउनुभयो । 

राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले शंकराचार्यको हजारौँ वर्षको इतिहासमा नेपाली महिलाले विश्वका महिलालाई उछिन्दै उक्त पदवी पाएकामा यसले हिन्दू धर्मको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विश्व हिन्दू परिषद्का अध्यक्ष अजय सिंहले मानव सभ्यता र सनातन हिन्दू धर्मको इतिहासमा शंकराचार्यको उत्तराधिकारी बनेकामा खुशी व्यक्त गर्नुभयो । “विश्वको हिन्दू धर्मको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ,” उहाँले भन्नुभयो । 

शंकराचार्य गिरीले विश्वका हिन्दू धर्मावलम्बीको माया, प्रेम, सद्भावका कारण आफू शंकराचार्य बनेको बताउँदै विश्वमै हिन्दू धर्मको रक्षाका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपालको सनातन धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको छ, त्यसलाई जोगाउनका लागि म लाग्नेछु”, उहाँले भन्नुभयो । 

नेपाल हिन्दू महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारी, व्यापार संघका अध्यक्ष कुमार कार्की, व्यापार संघका उपाध्यक्ष हरि गौतमलगायतले हिन्दू धर्म र संस्कृतिको विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । शंकराचार्य हुनुअघि गिरीले महामण्डलेश्वर र आचार्य महामण्डलेश्वरको भूमिका निर्वाह गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते