२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

५ श्रावण २०७५, शनिबार ०६:०७

साउन ५, सुर्खेत | गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आव २०७४÷७५ महिला तथा बालबालिका हराउने दर बढेको बताएको छ । गत वर्ष बालक ७८, बालिका ४३ र महिला २०६ जना गरी जम्मा ३३७ जना महिला तथा बालबालिका हराएकामा बालक ४९, बालिका ३४ र महिला ११३ गरी १९६ जना फेला परेको र अझै १३१ महिला बालबालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताउनुभयो । 

“हराइरहेकामध्ये २९ बालक, नौ बालिका र ९३ महिला छन्, उनीहरुको खोजीकार्यमा प्रहरी लागिरहेको छ”, प्रहरी नायब निरीक्षक चौधरीले भन्नुभयो । यसरी महिला तथा बालबालिका हराउनुमा डिप्रेसन, लागू औषध दुव्र्यसनी, घरायसी झैझगडा, विवाह गरेर घर छोड्ने र मायाप्रीतिमा देखिने खटपट मुख्य कारण रहेको उहाँले बताउनुभयो । 

सवारी कारवाहीबाट रु ८७ लाख ७३ हजार राजश्व संकलन 

यसैगरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष रु ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ । 

आव २०७४÷७५ मा सुर्खेत प्रहरीले १४ हजार ९९४ सवारी साधनलाई कारवाही गरेको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सञ्चालन गर्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने सवारी कारवाहीमा परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो । यो अवस्था विगतको भन्दा अझ बढेको उहाँको भनाइ छ । 

त्यस्तै, ४९ सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ६३ गम्भीर घाइते र ५२ सामान्य घाइते भएको उहाँले बताउनुभयो । गएको वर्ष सामान्य दुर्घटना २९२ हुँदा १८७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य