२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतद्वारा दुर्घटना निम्ताउने खालको बाध निर्माण गर्दै, नेपाली प्रशासन बेखबर

२०७५, ६ श्रावण आईतवार ०९:१०

श्याम थापा । श्रावण ६, नवलपरासी। नवलपरासीको सुस्ता गाउँपालिका स्थित गण्डकको बिगेप बाधमा भारतद्वारा दुर्घटना निम्ताउने खालको बाध निर्माण गरिरहेको छ । तर यता नेपाली प्रशासन भने बेखबर बनेको छ ।


 सिचाइ बिभाग उत्तर प्रदेश भारतको गण्डक परियोजनाले बिगेप बाधमा आफ्नो मनमानीमा बाध निर्माण गरिरहेको र भारतले निर्माण गर्दै गरेको बाधले दुर्घटना निम्ताउने प्रबल संभावना देखिएपछि सुस्ताका स्थानीयबासीहरु चिन्तामा परेका  छन । 

जिल्लाको सुस्ता गाउँपालिकाको दक्षिण भारतको सिमाना जोडिएको मुख्य सडक मानिने गण्डकको बिगेप बाधमा भारतले दुर्घटना निम्ताउने खालको बाध निर्माण गरिरहदा अहिले सम्म नेपाल पक्षका सरोकारवाला निकायहरु सो स्थलमा नपुगेको स्थानीय देवान गुरुङ्गले बताउनु भयो ।  

सो बिगेप बाधमा भारतले बनाएको कालोपत्रे सडकको चौडाइ १० फुट मात्र भएको सडकमा झन एति खेर भारतले सोही सडकको साइड किनारमा करिब २०० सय मिटर लम्बाइमा  र २ मिटर उचाई भएको बाध निर्माण गरिरहेको छ । 

आफैमा साघुरो रहेको सडक र झन बाध निर्माण गरिदिदा सवारी साधन हिडडुल गर्न र सवारी साधनहरुले बाटो काटनलाई गाह्रो हुने र सवारी साधनहरु दुर्घटना हुने देखिएको छ । 

सो बाध निर्माण भएको बारेमा गण्डकका जुनियर इन्जिनियर सरिफ मियासंग कुराकानी गर्दा यो बिगेप बाध,एगेप बाध र नेपाल बाधको सडक गण्डक परियोजनाको लागि मात्र रहेकोले र बाधको सडक अन्य परियोजनको लागि नरहेको हुदा आफुहरुलाई अनुकूल हुने गरि सडकको छेउमा बाध निर्माण गरेको उहाँको भनाइ छ । भारत द्वारा दुर्घटना निम्ताउने खालको बाधको निर्माण कार्य तत्काल रोकि भबिष्यमा हुने दुर्घटनाबाट बचाउनका लागि स्थानीयबासीहरुले नेपाली प्रशासनलाई आग्रह गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै