२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको मृत्युको कारण – ‘बाइक एक्सीडेन्ट’, नभन्दै त्यहि भयो !

२०७५, ७ श्रावण सोमबार ०३:०२

साउन ७, काठमाडौँ | हामीले फेसबुकमा आउने बिभिन्न फिचर वा एप्सलाई एक्सिस दिन्छौं, जसले हाम्रो प्रोफाइल अध्ययन गर्छ र हामीलाई हाम्रो स्थितिसँग मिल्दो जुल्दो कुरा दिन्छ । हामीले फेसबुकमा जोसँग बढी कुरा गर्छौं वा जे बढी गर्छौं त्यसलाई आधार मानेर त्यस्ता एप्सले हाम्रो स्थितिबारे जानकारी दिने हुँदा अधिकांश कुरा मिलेजस्तो पनि लाग्छ र हामीले आफ्नो फेसबुकमा त्यस्ता कुरा सेएर गर्छौं ।

तर यहाँ एउटा यस्तै घटना संयोगको घटना भएको छ । धादिङ ज्वालामुखी ४ का सुजत भण्डारीले २ महिना अघि अर्थात मे ३१ मा आफ्नो फेसबुकमा एउटा फेसबुक एप प्रयोग गर्दै एउटा पोष्ट सेएर गरे, जसमा शिर्षक थियो – 'तपाइको मृत्युको कारण के हुने छ ?' उनले उक्त एप्सलाई आफ्नो फेसबुकमा प्रयोग गरेर नतिजा निकाले 'बाइक एक्सीडेन्ट' । जसलाई उनले स्टाटसमा मेन्सन गर्दै पोष्ट गर्दै 'हेहेहे अब  बाइक चलाउन छोड्नु पर्ला जस्तो छ ।' 


नभन्दै त्यो पोष्टको शतप्रतिशत लागू सुजतको जीवनसँग आएर मिल्न पुग्दा आइतबार उनको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । आइतबार कालु पाण्डे मार्गको धादिङवेशी मलेखु सडकखण्ड अन्तर्गत सिद्धलेक गाउँपालिका ६ परेवाटारमा धादिङबेशी तर्फ आउँदै गरेको स्कुल बस बा २ क ८९९६ नम्बरको बसले र सुजत चढेको मोटरसाइकल बा ९२ प ८११० लाई ठक्कर दिँदा उनि गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि काठमाडौँ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । 

उनीसंगै सवार ज्वालामुखी गाउँपालिका ४ का अन्दाजी ३२ वर्षीय नारायण लम्साल र ९ वर्षीय अभिषेक भण्डारी घाइते भएका छन् । घाइतेमध्ये ९ वर्षीय अभिषेक भण्डारी सुजतकै दाईका छोरा हुन् । उनको हात भाच्चिएको छ । घाइतेहरुको काठमाडौँ स्थित बिर अस्पतालमा उपचार गराइदैछ भने मृतकको शव गजुरीमा रहेको मृतकका भेनाजु प्रविन अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ