2026-09-14 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ जनाको मलामी गएर फर्किने क्रममै दुई पक्षबीच झडप, वडा अध्यक्षसहित २ घाइते

टेकेन्द्र बोहरा | साउन ७, बझाङ | बझाङको खप्तड छान्ना गाँउपालीकामा मलामी गएर घर फर्कने क्रममा दुई पक्षबीच आपसमा झडप हुँदा खप्तड छान्ना गाउँपालिकाका–वडा का ६ का वडाध्यक्षसहित २ जना घाइते भएका छन् ।

शनिबार खप्तड छान्ना गाउँपालिका –६, बयानामा सुख्खा पहिरोमा परि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको थियो ।

मृत्यु भएका चारै जनाको आइतबार सामूहिक दाहसंस्कार गरेर घर फर्कने क्रममा नरेन्द्र खड्काका आफन्त र भवन खड्काका आफन्तबीच एक आपसमा झडप हुँदा भवन खड्काको टाउको ८ वटा टाँका लगाउनु परेको  स्थानिवासीहरुले बताएका छन ।

दुई पक्षबिच झगडा हुदा बीचमा छुट्याउन खोज्ने वडाध्यक्षको दाँया हातमा खुकुरी लाग्दा ५ टाँका लागाइएको वडाध्यक्ष तिलककुमार खड्काले बताएका छन् ।

 पुरानो रिसिइबीका कारण पहिले पनि नरेन्द्र खड्काकाको परिवारले भवन खड्काको परिवारलाई धम्काउने, मार्नेसम्मको धम्की दिने गरेको भवन खड्काले बताएका छन् । घाइते भवन खड्काका अनुसार नरेन्द्र खड्काले सानो–सानो कुरामा पनि निहुँ खोज्ने गरेको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइते भवन खड्कालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने काम भइरहेको वडाध्यक्ष तिलक खड्काले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले घटनाको अनुसन्धानपछि मात्रै थप विवरण आउने बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ