२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना जोगाउँदै प्रहरी

२०७५, १० श्रावण बिहीबार ०३:५१

साउन १०, सुर्खेत (रासस) | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरी अभियान थालेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सो अभियान थालेको हो । समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा विद्यालयस्तरबाट प्रहरीले सचेतना अभियान थालेको हो । वीरेन्द्रनगर नगरपालिका–८ को सिद्धपाइला अंग्रेजी विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दुव्र्यसनी र लागूऔषधका विषयमा सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिनुभयो । 

“कार्यक्रममा प्रथमतः बालबालिकालाई लागूऔषध दुव्र्यसनीसम्बन्धी जानकारी, त्यसको असर र बच्ने उपयाका बारेमा प्रष्ट पारिएको छ,” प्रहरी नायब उपरीक्षक चौधरीले भन्नुभयो । त्यस्तै लागूऔषधी दुव्र्यसनीमुक्त समाज बनाउन अभिभावक र शिक्षकले पूरा गर्नुपर्ने दायित्वका विषयमा पनि विशेष जोड दिइएको उहाँको भनाइ छ । 

त्यसैगरी, लागूऔषध दुव्र्यसनीको उत्पादन, बिक्री वितरण र त्यसको प्रयोगकर्तालाई हुने कानूनी कारबाहीका विषयमा पनि जानकारी गराइएको प्रहरीले बताएको छ । पछिल्लो समयमा समाजमा दिनहुँरुपमा लागूऔषधको दूव्र्यसनी, जुवातास, मद्यपानजस्ता विकृति बढ्दै जान थालेपछि सचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । 

दुव्र्यसनी किशोर अवस्थाबाट शुरु हुने भएकाले यही उमेर समूहका विद्यार्थीका लागि सचेतना कार्यक्रम प्राथमिकता दिइएको उहाँले बताउनुभयो । दुव्र्यसनीसम्बन्धीको सचेतना कार्यक्रममा उक्त विद्यालयका ७८ जना बालबालिका सहभागी भएका थिए । विद्यार्थीबाट समाजमा छिटो सचेतना फैलिने भएकाले उनीहरुलाई यस कार्यक्रममा सहभागी गराइएको प्रहरीले जनाएको छ । 

सुर्खेत प्रहरीले यो अभियानलाई यहाँका सबै स्थानीय तहसम्म लैजाने र त्यहीअनुरुपको वार्षिक योजना निर्माण भएको बताइएको छ । यसबाट समाजमा हुने विभिन्न खालका अपराधमा कमी आउने र विकास एवं परिवर्तनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै