२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारकर्मी कृष्णश्री शर्माको मृत्युको कारक: ‘केटी काण्ड’

२०७५, १० श्रावण बिहीबार ०४:१०

प्रेम सुनार | साउन १०, गुल्मी | साउन–१० ।  दुई दिन अघि गुल्मीको वम्घामा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी कृष्णश्री शर्माले लेखेको सुसाईट नोटमा उल्लेख ‘प्रेमीका’ पात्रलाई  प्रहरीले बोलाएर सोधपुछ गरेको छ । 

हामी उनको आत्माहत्या भनिएको मृत्युलाई पछ्याई रहेका छौं ।  केहि दिन अघि यसै समाचारदातालाई पनि फोनमा कुनै एक रेडियोले काम गरेको पैसा नदिएको बताएका थिए । उता खरवाङ्गमा पत्रकार कमल पौड्यालसंग पनि त्यतैका रेडियोमा काम गर्न आउनु पर्छ कि ? भनेर फोन गरेको पौड्यलको स्टाटसमा उल्लेख छ ।

सोमवार एकादशीको दिन विहान १० वजे सम्मको डिउँटी सकेर शर्मा स्याङ्गजाको आँधीखोला एफएमबाट तानसेन साथी भेट्न जान्छु , आज राती उतै बस्छु, भोली मंगलवार साँझको डिउँटी फेला पार्न आउँछु भन्दै विदा लिएर हिडेको त्यसका स्टेशन म्यानेजर टोलाकान्त बञ्जाडेले बताए ।

उनले भने–‘ हामी स्तब्ध छौं , हामी आफै बोल्न सकेका छैनौं रेडियोमा र शोकधुन बजाएर बसेका छौं ।  दिएको जिम्मेवारी निभाउने उहाँ त्यस दिन साथी भेट्न तानसेन जान्छु भनेर भन्नु भयो । तानसेन भने पनि मलाई शंका त्यही वम्घाकी केटि भेटन् हिड्दै छन भन्ने  थाह थियो । उहाँकी म्याडमले  ति  केटीबारे मलाई सजग गराई सक्नु भएको थियो । 

माथिको तश्विरमा: स्व. संचारकर्मी कृष्णश्री शर्मा 

मैले तत्काल म्याडमलाई फोन गरेर जानकारी गराएँ । म संग त त्यस्ता कुरा गर्न डराउनु हुन्थ्यो । तर सहकर्मी मार्फत मैले बुझै कै थिएँ । ति युवतीलाई स्टाटसबाट धम्काउने, फोटा राखेर त्रसाउने  गर्न हुन्थ्यो । दशै देखि हो  उहाँले यस रेडियोमा काम गर्न थालेको  ।  हुन त पहिला पनि काम गरेर जानु भएको हो । मैले बुझे अनुसार उहाँले ति युवतीलाई बिबाह गर्न खोजेको तर उनले नमानेको पाईएको छ ।’

बञ्जाडेका अनुसार उनले पटक पटक स्टाटस लेख्ने र तत्काल हटाउने गर्दथे । यो मेरो अन्तिम हो,  त्यसलाई नछाड्…..जस्ता स्टाटस लेखेको र एउटा  स्टाटस स्क्रीन सर्ट गरेर आफुले राखेका बञ्जाडेले बताए ।   कृष्णश्री की श्रीमति अनिता शर्मा संग जिज्ञाषा राख्दा उनले गला अवरुद्ध पार्दै भनिन–‘ खै कसरी मृत्यु भयो मैले त बुझ्नै सकिन ।

वम्घा कि त्यस केटी संग सम्वन्ध छ भन्ने कुरा मलाई थाह थियो । त्यही भएर निगरानी गर्न स्टेशन म्यानेजरलाई भन्दै आई रहेकी थिएँ । मैले सोध्धा केही होईन साथी मात्रै हो भन्नु हुन्थ्यो । दशैंमा रिडीको ऋषिकेश एफएमबाट जागिर छाडेर चार पाँच  दिन सम्म त्यही केटीको घरमा बसेको थाह पाएँ ।

फागुनमा वुवाको तिथी गरेर जानु भएको थियो ।  त्यहाँ देखि  यता घर आउनु भएको थिएन । उहाँले मलाई प्राय फोन गर्नु हुन्थ्यो । मैले फोन गरेर तलव बुझेर पैसा पठाई दिनुस भन्थें । त्यस दिन उहाँ हिड्नु भयो भन्ने थाह पाउन साथ फोन गरे । उहाँले तानसेन होईन , आज एकादशी राम्दीमा नहाएर फर्किन्छु भन्नु भएको थियो ।  त्यस पछि सम्पर्क भएन ।

शव बुझ्न आएका छिमेकीहरु मध्येका केशव सिंह ठकुरीका अनुसार बम्घाटावर जहाँ ऋषिकेश एफएमको स्टेशन छ ।  त्यहीबाट ऋषिकेश एफएम सञ्चालन हुन्छ । त्यहाँ देखि तलको जंगलमा उनको शव फेला परेको थियो ।  साथमा सुसाईट नोट, मोवाईल र १ सय ४५ रुपैयाँ पैसा देखेको ठकुरीले बताए ।

साथमा जम्मा त्यति पैसाले स्याङ्गजा फर्किन सक्ने अवस्था देखिदैन । उनि तनाव मै वम्घा आई पुगेको पाईन्छ ।  जिल्ला प्रहरी कार्यालयमा झिकाईएकी ति युवतीले शर्मा आफु प्रति अनसाईटेड भएको बताएको  प्रहरी प्रबक्ता  प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले बताए । हामीले  उनि संग सोधपुछ ग¥र्यौ , उनले भनिन–‘ अरु त्यस्तो केहि होईन, उहाँ म संग अनसाईटेड हुनुहुन्थ्यो । उनि संग कागज गराएर पठाएका छौं । ’

श्रोतका अनुसार ति युवतीलाई कुनै एक रेडियोमा छँदा शर्माले काम सिकाएका थिए । उनि प्राविधिक पक्षमा कुशल र सफल कार्यक्रम प्रस्तुता थिए ।  मिठो आवाजका धनी थिए । उनको घरमा स–साना दुई सन्तानहरु छन ।

आर्थिक अवस्था पनि केहि वर्ष यता कमजोर हुँदै आएको थियो । घरमा श्रीमति हुँदाहुँदै अर्को युवती संग माया जालको चक्कर नै उनको मृत्युको कारक भएको उनका नजिकका साथीहरु बताउँ छन । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी