२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

१० श्रावण २०७५, बिहीबार ०८:०३

साउन १०, सोलुखुम्बु | सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । 

आव २०७३÷७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४÷७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ । 

सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम विवाह, कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी मुख्य कारण रहेको जिल्ला अदालतका नायब सुब्बा भगिश्वर रसाइलीले जानकारी दिनुभयो । यस्तै आव २०७४÷०७५ मा जबर्जस्ती करणीका मुद्दा २० वटा परेका छन् । 

मेलमिलापका लागि पठाइएका ४६ वटा मुद्दामा जम्मा १६ वटा मुद्दामात्र मेलमिलाप भएका छन् । मेलमिलाप हुन नसक्नुका कारणमा सम्बन्धित व्यक्ति उपस्थित नहुनु, मुद्दा दायर गरेर पनि छलफलमा नआउनु र वारेसनामाजस्ता कारणले मेलमिलापबाट छिनोफानो हुने मुद्दाको संख्या कम भएको अदालतको भनाइ छ । 

यसैगरी गाली बेज्जतिमा १० मुद्दा परेको र १० वटै फैसला भएका छन् । संगठित अपराधका मुद्दा चार वटा परेकामा दुई फछ्र्योट भए । कर्तव्य ज्यान मुद्दामा चार मुद्दा परेको र चारवटै फैसला भएको जिल्ला अदालतले जानकारी दिएको छ । 

जिल्ला अदालतलाई ७५ प्रतिशत मुद्दा फैसला गर्न दिएको लक्ष्यअनुसार ७६ दशमलव ८२ प्रतिशत मुद्दाको फैसला भएको अदालतका नायब सुब्बा रसाइलीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान