निर्दयी आमाहरु: सन्तान झाडीमा फाल्दै टाप कस्दै गरेपछि… (यस्तो छ घटनाक्रम)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

प्रेम सुनार । साउन–११, गुल्मी । पछिल्लो चरण केहि महिलाहरुको  यौनिक चर्तिकलाले ममताको खानी भनिने कतिपय सन्तानका आमाहरुप्रति  प्रश्न चिन्ह खडा भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३, बडागाउँ मैदान भर्तेवारी टोलका दुई जना आमाहरुको कथा हो यो । त्यस गाउँमा   ३२ वर्षको उमेरमा ३ वटी  श्रीमति विवाह गर्न बाध्य  बाबुराम बिश्वकर्माले पछिल्ला दुई श्रीमतिबाट बेहोर्नु परेका घात–प्रतिघातको  घटना बढो कहालि लाग्दो छ ।

चरम गरिवी , जसको आफ्नै घर बास थिएन । गाउँलेहरु मिलेर एउटा झुपडी बनाई दिए । त्यस पछि उनले छिमेकी गाउँ मुसिकोट अमराईकी एक युवतीसंग पहिलो विवाह गरे ।  उसै वर्ष गर्भधारण गरिन श्रीमतिले । त्यति वेला त्यस गाउँमा वर्थिङ्ग सेन्टर थिएन । बेलैमा सुरक्षित प्रशुती सेवा उपलब्ध हुन नसक्दा उनको मृत्यु भयो । यो १० वर्ष अघिको कुरा थियो ।

त्यस पछि उनले बाग्लुङ्गको सिसाखानीबाट  दोश्री श्रीमति विवाह  गरे । उनि ९ वर्ष सम्म घर गरिन । तिन सन्तान जन्माईन । जेठा छोरा आठ वर्षको, छोरी पाँच वर्षकी र कान्छा छोरा डेढ वर्षको पुगेको बेला उनि घरबाट हिडिन तिनै बालकलाई बोकेर ।

आखिर  सन्तान फालिन झाडीमा

उनले ति डेढ वर्षिय बालकलाई बडागाउँकै भुवाचिदी भन्दा माथी जंगलको झाडीमा फालेर हिड्न । स्थानिय युवाहरुले अर्को दिन च्वाँ.. च्वाँ.. रोई रहेको अवस्थामा देखेर फोटो खिचरे फेशबुकमा राखी दिए । बडागाउँ मैदानका युवाहरुले बाबुरामलाई यो तिम्रो छोरा  त होईन ? भनेर देखाए ।

ति बालकलाई एउटी बृद्धाले लगेर गईन । बाबुराम वामी प्रहरी चौकीमा पुगेर छोराको  खोजी गरे । प्रहरीले ति बृद्धाबाट मगायो र उनले ति छोरा लिएर आए । दैनिक निमेक मजदुरी नगरे चुलो नबल्ने। ति डेढ वर्षिय बालकसहित तिन नावालक पाल्न गाह्रो भयो । उनले डेढ वर्ष अघि तम्घासकी एक महिलालाई तेश्रो विवाह गरे । उनले पनि एक सन्तानको जन्म दिईन गत पुष महिनामा ।

६ महिनाको सन्तान होटल मै छाडेर टाप

दुर्भाग्य उनले पनि  गत असार २० गते त्यसै छिमेक नजिकै  मैदान वजारको रेसुङ्गा होटलमा श्रीमान  र  ति ६ महिनाकी छोरी  छाडेर  घाँस काट्न जान्छु भन्दै हिडिन  ।  साँझ सम्म छोरी रुहाउँदै कुरेर बसे बाबुराम ।  धेरै दिन सम्म नआए पछि माईतीमा खोज्न आए उनि   ।  जिल्ला प्रहरी कार्यालयमा उजुरी  पनि दिए तर अहिले सम्म उनको अत्तोपत्तो छैन ।

फोन जान्छ उठाउँदिनन । घरयासी कपडामा हिडेकी उनि अलिपर जंगलमा गएर नयाँ कपडामा ठाँट्टिदै वसमा चढेको र आफु संगै सदरमुकाम तम्घास सम्म आएको मुसिकोट नगरपालिका कार्य समिति सदस्य सरस्वती घिमिरेले बताईन । उनले भनिन–‘  तम्घास झरेर मैले घर फर्काउन खोजेकी थिएँ , कता आलाप्पी–अलाप्पी । ’

पृथ्वी माध्यामिक विद्यालयका उपप्रधानध्यापक टिकाबहादुर घर्तिले उनिहरुको विचल्ली देखेर करुणा जागेको बताए ।  उनले भने –‘विद्यालय कै नजिक भएर पनि ख्याल गर्न नसकिएको  रहेछ । यस्तो विपदमा एक मानवले अर्को मानवलाई सहयोग गर्नै पर्छ , अब बिशलयले भने सक्दो सहयोग गर्छ र अरुहरुलाई पनि सहयोग गर्न हामी अपिल गर्दछौं ।’

त्यहाँका अर्का शिक्षक वोमबहादुर छन्त्यालले देश विदेशमा रहेका नेपाली दाजु भाई संग त्यो परिवारको उद्धारमा जुट्न अपिल गरे । त्यहाँ स्थित नमुना वाल क्लवले उनिहरुको उद्धारका लागि हामीलाई झिकाएको थियो ।

क्लवका अध्यक्ष सुर्य सुनारले उनिहरुको उद्धार गर्न सकिन्थ्यो कि भनेर पत्रकार बोलाउनु परेको बताए ।  स्थानिय दलित अगुवा डिलबहादुर बिकले उनिहरुको यो विजोग देखेर आफुहरुलाई दया जागेको तर सधैभरी हेरविचार गर्न नसकिएको बताए ।

उनले बाबुराम संग विवाह गर्नु अघि पाल्पा विवाह गरेकी थिईन । त्यहाँ परपुरुष गमनको श्रीमानले आशंका गरेपछि घर छाडेर माईती बस्नु परेको थियो । अन्दाजी ५ वर्षका सन्तान लिएर बाबुराम संग दोश्रो बिवाह गरेकी थिईन । उनका ति ५ वर्षका सन्तानको बाबुको टुङ्गो लागेको छैन । उनलाई भने उनले संगै लिएर गएकी छन ।

डोकोमा छोरी थुनेर काम गर्छन बाबुराम

चार सन्तान मध्ये ८ वािर्षय उनका जेठा छोराले स्कुलको मुख देख्न पाएका छैनन । कलेटी परेको शरिर, निन्नाउँरो चेहरा । चारै जना वालवालिकाहश्र  कुपोषणको शिकार भएको प्रष्ट देखिन्न सकिन्छ । घर  वरीपरीको काम गर्न जाँदा ति ६ वर्षिया छोरीलाई शर्पले डस्छ कि भन्ने डरले कुखरा थुने झैं डोकोमा थुनेर राख्छन  बाबुरामले यलि टाढा मजदुरी गर्न जाँदा  घरमा तिनैलाई सुताउँदै आएको डाँडी  ( कोर्को )  छोरी संगै बोकेर जान्छन ।

खेत वारीमा काम गर्न जाँदा एक छेउँमा सुताउँछन ।  आमाले छाडे देखि ति वालिका रोएर रातमा  छिमेकीलाई समेत सुत्नु छैन । अहिले सम्म त्यहाँका सात जना महिलाले दुधपान गराएका छन । जव छोरी रुन्छिन तब बाबुराम गाउँका विभिन्न महिलाकहाँ पुग्छन र दुधपान गराई दिन आग्रह गर्दछन । छिमेक मै बिवाह भएकी उनकी दिदी भन्छिन–‘ म रातमा सुत्न पाएकी छैन । रोएर सताउँछि र मैले लगेर सुताउँछु , झन रुन्छि ।  त्यस्ता महिलाले यसरी सन्तान नपाई दिएको भए हुन्थ्यो कति दयामाया नभएका महिला होलान यस्तो हरिवोजग पारेर जाने ।’

वडा सदस्य ईन्द्रमाया सुनार भन्छिन–‘ यसरी ६ महिनाको सन्तान छाडेर जाने महिलाले अर्को ठाउँमा गए पनि यस्तै धोका दिने छन । यस्तो विचल्लीमा परेको यो परिवारलाई सवैले सहयोग गरौं ।’

श्रीमतिलाई साँझ रक्सी नभए रामधुलाई

गाउँलेहरु सवैले एकदम सोझो पारको मान्छे हो भन्ने बाबुराम भन्छन–‘ मेरो पाखुराको पौरखले भ्याएसम्म मैले उसलाई के पुराएको थिईन ? साँझमा उसलाई एक बोत्तल रक्सी पुराउँदै आएको थिएँ । खैनी र भोला नभई हुन्नथ्यो । त्यो पनि पुराएकै थिएँ ।

कहिले काँही पैसा नहुँदा रित्तै आउँदा उसको रामधुलाईमा पर्थे । मुहार देखाउँदै उनले भने–‘ ल हेनुहोस यो दाग उसैले चिथारेर हो । घरमा रहेका सवै कपडा लत्ता पहिल्लै माथी मैदान तिर सारी सकेकी रहिछ । उसको एउटा फोटो थियो, त्यो समेत बोकेर गईछ ।  माथी मैदानतिर उसले खाएको रक्सीको उधारो अझै तिन बाँकी छ ।

गाउँलले मानो उठाउँदै ति सन्तानका लागि

हामी  बाबुरामको झुपडी भित्र पसेर हे¥यौं । अन्नको गेडा छैन । सुत्ने कपडा समेत प्रयाप्त छैन । दुई तिन वडा  भुल्ला भुल्ली देखियो । पलङ्ग छैन । चिसो भुँईमा सुत्ने रहेछन । त्यस्तै ८ हात  चौडाई र १२ हात लम्वाई भएको त्यस झुपडी माथी  ठाउँ ठाउँमा प्वाल परेका जस्ता पाता छन । त्यस मुनीको गारो भत्केर श्याल पस्न सक्ने भ्वाँङ्गहरु छन ।

पशुपालनको नाममा सानो एउटा अर्कैले पाल्न दिएको बाख्राको पाठी छ । त्यसै झुपडी भित्र चुलो, त्यसैको कोखमा बाख्रा खोर त्यसैमा पाँच परिवारको विस्तरा । साँच्ची भन्ने हो भने त्यसमा पाँच वटा वाख्रा पनि खेलेर बस्न नसक्ने अवस्था छ । यो वर्षायाममा चुहेर चिसो भुँई छ । कतै कतै लेउ लागेको देखिन्थ्यो  ।

खुल्ला दिशामुक्त जिल्ला हो गुल्मी । तर बाबुरामकोमा शौचालय नै  छैन । पाटाको कुनामा लुकेर शौचा बस्दा रहेछन ।  ‘त्यस्तै ६ पाथी मकै हुने  उ त्यही बारीको सुर्को हो सर ’–उनले देखाउँदै भने–‘ पोलेरै खाँदैमा सकिन्छ , बार्है मास बेसााएर खाने हो । ’

उनिहरुको घरमा छाक अड्के पछि नमुना वाल क्लवले आजै देखि मानो चामल र नगद सहयोग संकलन सुरु गरेको क्लवका अध्यक्ष सुर्य सुनारले बताए ।

त्यसै साविकको बडागाउँ गाविसमा कैयौंले बसाई सराई गरेर तिन तले घरमा ताला ठेकेर आँगनमा झाडी लागेको र प्रशस्त खेती योग्य जमिन बाँझै देखियो । तर बाबुराम जस्ता खेती मै रम्न सक्ने गरिव किशानको भने अवस्था त्यस्तो देख्दा राज्यको नीति नै दुर्भाग्य लाग्यो ।

त्यस वडाका वडाध्यक्ष कर्णध्वज जिसीले बाबुरामको विचल्ली बारे आफु निर्वाचित भएर आए पछि थाह पाएको र उनि जस्ता नगरवासीहरुको नाम विवरण संकलन गरेर केहि राहतका कार्यक्रम नगरपालिकाले ल्याउन लागेको बताए । उनले त्यतिले मात्र काफी नहुने भन्दै देश विदेशमा रहेका नेपालीहरुबाट सहयोगको अपेक्षा राखेका छन ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply