Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

हत्याको बिरोधले उग्ररुप लिदै, एक दर्जन भन्दा बढी अश्रु ग्याँस प्रहार

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सी | साउन ११, कञ्चनपुर | भिमदत्त नगरपालीका वडा नं. २ सरस्वती टोल, उल्टाखाम वर्ष १३ की निर्मला पन्तको बलात्कार पछि हत्या गरेको बिरोधमा आन्दोलन गर्नुको साथै घटना स्थलको नजिकै प्रहरी विट खोल्नु पर्ने माग गर्दै स्थानियद्वारा महेन्द्रनगर बजारमा नारा बाजि गदै बजार परीक्रमा गरेका छन ।

घटना स्थल एकान्त ठाउँमा रहेको हुनाले दिउँसै पनि लुटपाटका छिटफुट घटना घटिरहने, एक्लै हिड्न पनि गाह्रो हुने उक्त स्थानमा प्रहरी विट खोल्नु पर्ने स्थानियको माग रहेको छ । शवलाई पोस्टमाटका लागी महाकाली अञ्चल अस्पतालमा राखीएको छ । विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको  शब आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको थियो । दोषी पत्ता लगाई कारवाई गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले आन्दोलन गरेका छन ।

हत्याराको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा परी नेपाल प्रहरीका हल्वदार केशवदत्त भट्ट र प्रहरी जवान दानसिंह धामी धाईते भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  प्रहरी माथि ढुगां प्रहार गर्ने ५ महिला र १ जना पुरुष प्रक्रउ गरेको छ । आन्दोलनकारीहरुले बजारमा तोडफोड र आगजनि गर्न थाले पछि प्रहरीले एक दर्जन भन्दा बढी राउड अश्रु ग्याँस फायर गरेको छ । कञ्चनपुरमा बलात्कार गरी हत्या गर्ने क्रम बढदै गएको छ । गत असार २६ गते कञ्चनपुरको कृष्णपुर नगरपालीका की १७ बर्षिय कविता विष्टको पनि बलात्कार गरी हत्या गरीएको थियो ।