२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा नयाँ रिसोर्ट बन्ने

१२ श्रावण २०७५, शनिबार ०५:१८

साउन १२, काठमाडौैँ । ऐतिहासिक, धार्मिक तथा भौगोलिक सम्पदाले युक्त नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरेर ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ । 

विदुर–५, देवीघाटका समाजसेवी विष्णुप्रसाद नेपालको अध्यक्षतामा यही साउन २ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भएको सो रिसोर्ट बेलकोटगढी–२, जिलिङमा बन्नेछ । पर्यटकीय दृष्टिले गन्तव्यस्थल रहेको नुवाकोटमा भारतीय र चिनियाँ पर्यटक बढ्ने भएकाले पनि रिसोर्ट स्थापना गर्न लागिएको अध्यक्ष नेपालले बताउनुभयो । 

रिसोर्टका प्रवद्र्धकमा जग्गाधनी ठाकुर खतिवडा, केशव अर्याल, बद्रीलाल श्रेष्ठ, शिव कोइरालालगायत ३२ जना रहनुभएको छ । पासाङल्हामु राजमार्गबाट एक किमी उचाइमा बन्ने सो रिसोर्टबाट त्रिशूली र तादी नदी, देवीघाट तथा गणेश र लाङटाङ हिमाललगायत सुन्दर डाँडाकाँडा देखिने बताइएको छ । 

सुविधासम्पन्न र स्तरीय सो रिसोर्ट निर्माणको काम आगामी मङ्सिरदेखि शुरु भई बढीमा दुई वर्षमा करीब रु ३५ करोड लगानीमा सम्पन्न गरिने लक्ष्य राखिएको छ । नुवाकोटमा हाल त्रिशूली होटेल, वाटर टावर, दरबार भ्यू, रतनचुलीलगायत केही होटेल छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का