२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मलाको बलात्कारपछि हत्या प्रकरण: आन्दोलन झन उग्र बन्दै

२०७५, १४ श्रावण सोमबार ०२:१७

भाष्कर के.सी | साउन १४, कञ्चनपुर | भीमदत्त नगरपालिका–२ निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा भईरहको आन्दोलनले झन उग्र बन्दै गएको छ । आन्दोलनमा राजनितीकरण र बाह्य पक्षको हस्तक्षेपका कारण आन्दोलन झन उग्र बन्दै गईरहेको हो ।  

शनिबार नै शव परिक्षण भईसके पछि मृतक पन्तको आफन्तले शब बुझ्न माने पनि बाह्य तत्वबाट आन्दोलन झन बढाउने प्रयास भईरहेको स्रोतको दावि छ । मृतका एक जना आफन्तका अनुसार आफुहरु शव बुझ्न तयार भएको पनि बाह्य पक्षले दबाव दिई रहेको बताए । आन्दोलनरत पक्षले आफुले शव बुझेमा घर नै जलाई दिने भनेर धम्की समेत आई रहेको आफन्तको दावि छ । त्यस्तै मृतकका आफन्त भोजराज पन्तका अनुसार आफुले मृतको शव बुझेर शान्तिपुर्ण रुपमा प्रहरीलाई अनुसन्धानमा सघाउने मनसाय रहेको भए पनि बाह्य तत्वबाट आन्दोलन प्रभावित पार्न खोजिएको छ । 

आईतबार मतृकका आफन्त र प्रशासन बिच शव बुझेर दाह संस्कार गर्ने र दोसि तत्काल खोजी गरि कारवाहि अगाडी बढाउने सहमति बनेको थियो । तर आन्दोलनरत पक्षले हत्यारा पत्ता नलागे सम्म आन्दोलन जारी राख्ने तथा शव समेत नबुझने जिकीर गर्दै आईरहेको छ । आन्दोलनरत पक्षले नगर प्रमुख सुरेन्द्र विष्ट र प्रशासनको विरुद्धमा नाराबाजी र बजारमा ¥यालीसहित पर्दशन गरेका छन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड आस्रु ग्यास समेत फायर गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीका अनुसार आन्दोलनले घटनाको अनुसन्धान कार्य समेत प्रभावित भएको बताए । सबै जनशक्ती आन्दोलन नियन्त्रणमा लागेकाले अनुसन्धान कार्य प्रभावित बनेको उनको भनाई छ । त्यस्तै घटनाको अनुसन्धानका लागि सिआईबीबाट डिएसपी अंकुर जीसीको नेतृत्वमा तीन सदस्यीय टोली कञ्चनपुर पुगेको छ । टोलि सोमबारबाट अनुसन्धान अगाडी बढाउने डिएसपी सेठीले बताए । साथै बालिका मृत फेला स्थानमा पानि जामेकाले घटना स्थलको अनुसन्धान जटिल बनेको उनको भनाई छ । 


पत्रकार माथि दुव्र्यवहार घोर भत्सना

आन्दोलनरत पक्षको एक समुहले पत्रकार माथि गरेको दुव्र्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरले घोर भत्साना गरेको  छ । पत्रकार महासंघ कञ्चपुरका अध्यक्ष विष्णु अवस्थीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा  पत्रकार माथि आन्दोलनरत पक्षबाट दुव्र्यहार निन्दनीय भएको उल्लेख गर्दै दोसि माथि कारवाहि गर्न प्रशासनलाई आग्रह समेत गरिएको छ । साथै महासंघले आफुले मृतक पन्तको तत्काल छानबिन गरि दोसिलाई कारवाहिका लागी  परेको जनाएको छ । 

नागरिक समाज, पत्रकार महासंघ लगायत गैर सरकारी संस्थाले आईतबार जिल्ला प्रशासन कार्यालयलाई मृतक पन्त घटनाबारे ध्यानार्कषण पत्र बुझाएको छ । उनिहरुले हत्याको तत्काल खोजी गरिनु पर्ने, पिडीप पक्षलाई न्याय तथा राहत उपलब्ध गराउने र शान्तिपुर्ण तरिकाले घटनाको छानबिन गर्न माग गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी