२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको चिसापानी जग्गा प्रकरणमा कर्मचारीलाई स्पष्टीकरण

१७ श्रावण २०७५, बिहीबार ०८:१२

साउन १७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । 

सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेको हो । 

योजना कार्यालय प्रमुख महेन्द्र थापा, लेखा शाखाका प्रमुख बेनी सागर अधिकारीलाई स्पष्टीकरण सोधिएको राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक दूतबहादुर गुरुङले जानकारी दिनुभयो । 

जिल्लास्थित कम्पनीको योजना कार्यालय बर्दघाटका कर्मचारी र अन्य सरोकारवालाको मिलेमतोमा बर्दघाट–२ (साबिक माकर–२ ग) चिसापानीमा कित्ता नं १३१० को करीब तीन बिघा एक कट्ठा जग्गा सस्तो मूल्यमा बिक्री गर्न खोजिएको थियो । 

आवश्यकताअनुसार थप अनुसन्धान गरी दोषी पाइएमा कर्मचारीलाई कारवाही गरिने महाप्रबन्धक गुरुङको भनाइ छ । कूल आठ बिघा दुई कट्ठा १२ धुर जग्गामध्ये सुकुम्वासी, अस्पताल र क्याम्पसलाई जग्गा छुट्याएर बाँकी रहेको करीब तीन बिघा एक कट्ठा जग्गालाई घडेरीका रुपमा बिक्री गर्न कम्पनीले बोलपत्र आह्वान गरेको थियो । 

टेण्डर प्रक्रियाबारे स्थानीयवासीले पारदर्शी नभएको जनाउँदै विरोध जनाएपछि राष्ट्रिय आवास कम्पनी लिमिटेडले सो बोलपत्रहरु अस्वीकृत गरेको थियो । 

करोडौं मूल्य पर्ने जग्गालाई नक्कली कागज पत्र तयार पारी कौडीको भाउमा बिक्री गर्न खोजिएको जनाउदै स्थानीयवासीले राष्ट्रिय आवास कम्पनी योजना शाखा बर्दघाटनमा दुई साताअघि देखि तालाबन्दी गरेका थिए । 

यद्यपि बर्दघाट नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने जग्गा बिक्री गर्दा स्थानीय तहसँग कुनै समन्वय नै नगरी अनियमितता गर्न खोजिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनुभयो । 

राष्ट्रिय आवास कम्पनीले सो स्थानमा कूल ५२ वटा प्लटका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गरिएको देखाएर नक्कली कागजात बनाएर एकलौटी रुपमा तिमिल्सिना ट्रेडर्स प्रा.लि.ले सबैजसो टेण्डर हाल्न लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य