२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेसको गाबिस स्तरीय भेला तथा अन्तरक्रिया

१८ कार्तिक २०७२, बुधबार ०७:५३

अनिश गैरे, कात्तिक १८, गुल्मी । नेपाली काङ्ग्रेस घमिर गाँउ बिकास समितिको आयोजनामा नेपाली काङ्ग्रेसको गाबिस स्तरीय भेला तथा एक बिशेष अन्र्तक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस गाँउ कार्य समितिका सभापति कबिराम पन्थीको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सचिब छन्द बहादुर पहराईको बिशेष आतिथ्यता रहेको थियो भने महासमिति सदस्य बिष्णु पन्थीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल तरुण दल जिल्ला सदस्य देबेन्द्र खत्री, नेपाल तरुण दल गाँउ कार्य समिति सभापति तेज प्रसाद घिमिरे, कर्मचारी संघका सदस्य चिरञ्जिवी घिमिरे, महिला प्रतिनिधि सिता बिक, लुम्बिनी बाणिज्य क्यापस बुटवलका नेबिसंघका सचिब टोपेन्द्र घिमिरे, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

दलित संघ गुल्मीका उपाध्यक्ष टेक बहादुर बिकको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सबिच मान बहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षण दिदै गर्दा प्रमुख अतिथि पहराई तथा बिशेष अतिथि पन्थीले काङ्ग्रेसको मुख्य उद्धेश्य संसदीय प्रणालीको सबिंधन स्थापति गर्नै रहेको र यस्तो लक्ष्य पुरा भएको बताउदै आसन्न महाधिबेशनको बिषयमा जानकारी गराउनुभएको थियो ।

उता छापाहिले गाबिसमा पनि नेपाली काङ्ग्रेसको आयोजनामा पनि एक बिशेष अन्तरक्रिर्यात्मक तथा कार्यकता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गाबिस सभापति तुल्सी गीरीको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सचिब रेखा कुमारी जिसीले स्वागत भाषण गर्नुभएको थियो भने सञ्चालन तरुण गाँउ कार्य समितिका अध्यक्ष असोक जिसीले गर्नुभएको थियो ।

यसैगरी नेपाली काङ्गग्रेस अर्जे गाँउ समितिको आयोजनामा पनि बिशेष अगुवा कार्यकता भेला कार्यक्रम सम्पन्न भएको छ । महाधिबेशन प्रतिनिधि सिता अर्यालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सचिब छन्द पहराई तथा बिशेष अतिथि महासमिति सदस्य बिष्णु पन्थीले बिशेष प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम पार्टीका गाँउ समिति सचिब होमाकान्त अर्यालको स्वागत रहेको कार्यक्रमममा नेपाली काङ्ग्रेस पुर्ब गाबिस सभापति तुल्सीराम अर्याल, समाजसेबी ढुण्डीराज अर्याल, तरुण दल अर्जेका अध्यक्ष बिष्णु अर्यालले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका आस्थावान कार्यकर्ता, शुभचिन्तक लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…