२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तिन घर पहिरो पिडीतहरुको लागी झण्डै ५ लाख ५० हजार सहयोग

२५ कार्तिक २०७२, बुधबार २०:२०

अनिश गैरे । कात्तिक २६, गुल्मी । गुल्मी जिल्ला कुर्घा गाबिस वडा नम्बर ६ पौसिया भन्ने स्थानका ३ पहिरो पिडीतहरुको लागी झण्डै ५ लाख ५० हजार बराबरको सहयोग प्राप्त भएको छ ।

सोही ठाँउ निबासी रामकुमारी थापा, भिमबहादुर थापा तथा गुमान बहादुर थापा का तिन परिवारहरु श्रावण २६ गते बिहान गएको भिषण पहिरोको कारण जोखीममा परेका थिए । ति परिवारहरुको लागी छुट्टै बासस्थान बनाउनुपर्ने भएकाले देश तथा बिदेशमा रहेको प्रवासी नेपालीहरुले ५ लाख ३६ हजार ४ सय ६३ रुपैया सहयोग प्राप्त भएको हो । जस मध्ये कुर्घा सेबा समिति जापान बाट बुद्ध रायमाझी, कृष्ण केसी, दिपक रायमाझी, कृष्ण खत्रीको सक्रियतामा ४ लाख ३१ हजार ५२ रुपैया सकंलन भएको त्रिभुवन उमाबि कुर्घाका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । त्यसैगरी लण्डनबाट सुर्य चन्द्र अर्यालका छोरा कृष्ण प्रसाद अर्यालको सक्रियतामा ८४ हजार ३ सय ६६, नेकपा एमाले कुर्घाको सक्रियतामा २१ हजार ४५ रुपैया संकलन भएको समेत जानकारी दिनुभयो । आज एक कर्याक्रमको आयोजना ति तिन पिडीत परिवारहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

समाजसेवी खड्क बहादुर खड्काको अध्यक्षता, कुर्घा सेबा समिति जापानका सल्लाहकार सदस्य बुद्ध रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुर्य चन्द्र अर्याल, कृष्ण बहादुर रायमाझी लगायतको बिशेष उपस्थिती रहेको थियो । भने कार्यक्रमको सञ्चालन त्रिभुवन उमाबि कुर्घाका शिक्षक सुकदेव रिजालले गर्नुभएको थियो । सहयोग रकम कार्यक्रमका प्रमुख अतिथिले हस्तान्तरण गर्नुभएको थियो । श्रावण २६ गतेको घट्ना पश्चात सामुदायिक रेडियो पुष्पाञ्जलीले कुर्घाका तिन परिबारहरु पहिरोको उच्च जोखीममा भन्ने शिर्षकका प्राथमीकताका साथ समाचार प्रशारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…