२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पश्चिमाञ्चलकै ठुलो न्वागी मेलाको तयारी पुरा, सभासद छन्त्यालले उद्घाटन गर्ने

२०७२, १ मंसिर मंगलवार ००:५७

अनिश गैरे, मँसिर १, गुल्मी । बाग्लुङ्को ग्वालीचौरमा हुन गईरहेको पश्चिमाञ्चल बिकास क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेला बाग्लुङ् क्षेत्र नम्बर ३ कि सभासद ज्ञानकुमारी छन्त्यालले उद्घाटन गर्नुहुने भएको छ । मेलाको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । यस महोसबलाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन । महोत्सबमा लाखौको कारोबार हुने गरेको छ । त्यस क्षेत्रका उत्पादनहरुको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ ।

षकहरुले उत्पादन गरेका नगदे, हिउदे, खाद्यान्न, बेमौसमी लगायतका कृषि प्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गरेका छन । खेत भएका हरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।

परापुर्व कालमा स्थानीय हरुले बाजा गाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन । मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन । यस बर्ष पनि पुरुष भलिबल, रेकर्ड डान्स, दोहोरी, हाजिरी जवाफ, कृषि मेला प्रदर्शनी, सटफुट, सोरठी भैलो लगायतका कार्यक्रमहरु सम्पन्न हुने पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब आचार्यले जानकारी दिनुभयो । पुरुष भलिबल प्रतियोगीतामा प्रथम हुने समुहले रु ५५ हजार ५ सय ५५ रुपैया हात पार्नेछन भने द्धितिय हुनेले ३६ हजार ६ सय ६६ रुपैया हात पार्नेछन ।

त्यस्तैगरी रेकर्ड डान्समा प्रथम हुनेले २५ सय २५, द्धितिय हुनेले १५ सय १५ तथा तृतिय हुनेले ९ सय ९९ रुपैया हात पार्नेछन । यस्तै खुल्ल दोहोरी प्रतियोगीतामा प्रथम हुनेले १५ हजार ५ सय ५५, द्धितिय हुनेले ८ हजा ८ सय ८८, अन्तर निमाबी हाजिरी जवाफमा प्रथम हुनेले ६ हजार ६ सय ६६, द्धितिय हुनेले ५ हजार ५ सय ५५ तथा सटफुट प्रतियोगीतामा १५ सय १५ पुरस्कार प्राप्त गर्नेछन ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कृष्ण अखेली, राजेश बर्देवा, ज्योती लोहनी तथा पाखरेली धुर्मस, माग्ने बुढा, र गणेश बस्नेतको बेजोड प्रस्तुती रहने छ । साहारा कला केन्द्रको नृत्य तथा क्यारिकेचर तथा सितारीयो कराते संघद्धारा डिमोन्सट्रेसन र काटा प्रदर्शन हुने आयोजकले जनाएको छ । कार्यक्रम मसिँर दुई गते मुधबार बाट ५ गते शनिबार सम्म सञ्चालन हुने बताईएको छ । कार्यक्रमको सुचना, बिज्ञापन लगायतको संयोजन सामुदायिक रेडियो पुष्पाञ्जलीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन