२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा चाउचाउमा समेत टोकन सिष्टमको अवस्था, उपभोग्य वस्तुमा दोव्वर बृद्धि

१० मंसिर २०७२, बिहीबार ०९:१०

waiwai_noodleप्रेम सुनार । मंसिर–१०, गुल्मी । भारतिय नाकावन्दीले ढुवानीमा आएको समस्याका कारण गुल्मीमा अव चाउचाउ किन्न समेत प्रशासनबाट टोकन माग्नु पर्ने अवस्था सिर्जना हुने देखिएको छ । हिजो र आज गरी ओम सिद्धवावा ट्रेडर्श तम्घासबाट लाईनमा उपभोक्ताहरु राखेर १९ सय थान चाउचाउ वितरण गरेर सकिएको उक्त ट्रेडर्शका सञ्चालक गोमराज श्रेष्ठले बताए ।

उनका अनुसार तम्घासमा विभिन्न कम्पनीका ११ थरी चाउचाउका डिलरहरु छन् तर ढुवानीको समस्याले कुरेर बस्नु पर्ने अवस्था रहेको छ । दैनिक लाखौ रुपैयाँको चाउचाउ खपत हुने गुल्मीमा यस्तै हो भने चाउचाउमा समेत कुपनको आश गरेर बस्नु पर्ने अवस्था आउने पसलेहरु बताउ छन् । चाउचाउ संगै यहाँ अन्य उपभोग्य वस्तुको पनि अभाव भएको छ र महँङ्गी बढेको छ । कतिपय उपभोग्य वस्तुमा दोव्वर जस्तो मुल्य बृद्धि भएको छ । १ सय ९० रुपैयाँमा पाउने प्रति एक लिटर धारा तेल अहिले ग्रामिण भेगमा ३ सय सम्म पर्ने गरेको छ ।

यहि सदरमुकाम तम्घासमा प्रति लिटर २ सय ८० रुपैयाँमा बेच्ने गरिएको छ । सनफ्लवर तेल प्रति लिटर १ सय ४० मा पाईन्थ्यो अहिले २ सय ४० मा बेच्ने गरिन्छ । तेज तेल पनि १ सय ४० मा पाईन्थ्यो अहिले २ सय ३० मा बेच्न थालिएको छ , प्रति प्याकेट १२ रुपैयाँमा पाईने प्रिति चाउचाउ १५ मा बेच्ने गरिन्छ , १५ रुपैयाँमा पाईने रम्पम चाउचाउ अहिले २० पुगेको छ ।

प्रति किलो २० मा पाईने नुन अहिले २५ रुपैयाँ पुगेको छ । यसरी हरेक उपभोग्य वस्तुको महंङ्गीले उपभोक्ताहरु मारमा पर्दै आएका छन् । विशेष गरी ग्रागिण वस्तीका पसलेहरुले मन परी महंङ्गी बढाएको गुनासो आएको छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज कँडेलको ध्यानकृष्ट गराउँदा उनले तत्काल बजार अनुगमन टोली खटाउने प्रतिवद्धत्ता जनाए । उनले भने खाने तेलमा भएको बृद्धिलाई मैले रोक्न सक्दिँन अन्य कुरामा गरिएको बृद्धिमा मैले तत्काल अनुगमन टोली खटाउने छु ।

भारतिय नाकावन्दीले बृद्धि भएको माथी उल्लेखित वस्तु सवै स्वदेशमै उत्पादित हुन् । यस्ता स्वदेशमै उत्पादित वस्तुलाई साविककै मुल्यमा विक्रि वितरणको व्यवस्था मिलाउने तर्फ राज्यको माथील्लो निकायले कम्जोरी देखाएको सर्वसाधरणको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…