२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ढलले बस्ती दुर्गन्धित

२०७५, २१ श्रावण सोमबार ०८:०८

साउन २१, सोलुखुम्बु  | बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको छ । 

फाप्लु बजारको घरघरबाट निस्केको ढल खोल्सामा मिसाउँदा बजारभन्दा तल रहेको दलित बस्तीमा पस्दा दुर्गन्धित भएको हो । ढल व्यवस्थापनका लागि स्थानीयवासीले पटक पटक माग गर्दैआएका छन् । मागबारे सुनुवाइ भएको छैन । स्थानीयवासी दिकुमार बराइलीले भन्नुभयो, “घर नजीकैको खोल्सामा दिसासहितको ढल छ, दुर्गन्धले बसिनसक्नु भएको छ ।” दुर्गन्धका कारण स्थानीयवासी बिरामी पर्ने गरेको उहाँले बताउनुभयो । 

सो बस्तीमा १६ दलित परिवारको बसोवास छ । बस्तीभन्दा माथि फाप्लु बजार रहेको छ । वडाध्यक्ष दावागेलु पाख्रिनको घर पनि सोही बजारमा रहेको छ । “दुर्गन्धले घरमा बस्नै मुश्किल छ”, स्थानीयवासी चेतनारायण विश्वकर्माले भन्नुभयो । घाम लागेका बेला दुर्गन्ध बढी फैलिने गरेको छ । खानेपानीको मुहान नजीकै ढल बग्छ । त्यही मुहानको पानी स्थानीयवासी प्रयोग गर्न बाध्य छन् । 

नगरपालिका–४ का वडाध्यक्ष पाख्रिन ढल व्यवस्थापनका लागि रकम अभाव रहेको बताउनुहुन्छ । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद शर्माले खानेपानी तथा सरसफाइ कार्यालय जिल्लामा नरहने भएकाले ढल व्यवस्थापनको काम नगरपालिकाले गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै