२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर ‘स्पोर्टस् सिटी’का लागि उपयुक्त

२१ श्रावण २०७५, सोमबार ०९:०३

कुमार चौलागार्इ | साउन २१, काठमाडौँ | प्रदेश नं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ । 

राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त हुने देखिएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन कार्यदलले सो निष्कर्ष निकालेको हो । सो कार्यदलमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली, खेल विज्ञद्वय निलेन्द्रराज श्रेष्ठ र शिवराज भट्ट तथा दाङ जिल्ला खेलकूद विकास समतिका अध्यक्ष डिल्लीबहादुर डाँगी सदस्य हुनुहुन्थ्यो । 

कार्यदलले करीब सात महिना लगाएर तयार पारेको उक्त प्रारम्भिक प्रतिवेदनअनुसार पर्याप्त खेल मैदान, संरचनाको निर्माण थालनी प्रक्रिया, स्थानीयवासीको खेलकूदप्रतिको सकारात्मक सोच, यातायातको सुविधा, खाना तथा बसोवासका लागि आवश्यक पूर्वाधार निर्माण, थप जग्गा उपलब्धताका लागि आवश्यक पहललगायत कारणले तुलसीपुर मुलुककै पहिलो स्पोर्टस् सिटीका लागि उपयुक्त भएको ठहर गरेको थियो । 

कार्यदलले फुटबल, ब्याडमिन्टन, भलिबल, टेबल टेनिस, पौडी तथा मार्सलआर्टस्सहितको स्पोर्टस् सिटी र एकेडेमीलगायत पूर्वाधार निर्माण तथा विकासका लागि तुलसीपुर उपयुक्त भएको सुझाव दिएको छ । “समथर भू–भाग, प्रदेश नं ५ को आर्थिक हब, बलियो सुरक्षा घेरा, मौसम तथा हावापानी अनुकूल, शिक्षा र स्वास्थ्यको पहुँच, खेलमैत्री परिवेश तथा पर्याप्त मात्रामा जग्गा उपलब्ध हुनुले तुलसीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त देखिएको हो,” कार्यदलका सदस्य भट्टले भन्नुभयो । 

विश्व खेलजगतमा स्पोर्टस् सिटीलाई देश विकासको परिसूचकसँग दाँजेर हेर्ने गरिन्छ । देशको आर्थिक, साँस्कृतिक तथा सामाजिक पक्षलाई सबल बनाउन स्पोर्टस् सिटीको उल्लेख्य योगदान रहन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रको गरिमा बढाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि खेल संरचनाको निर्माण तथा विकास, खेल उद्योग र खेल पर्यटनको विकास गर्न ‘स्पोर्टस् सिटी’को अवधारणा अगाडि बढाइएको हो । 

कार्यदलले स्थलगत अध्ययन तथा अवलोकन, स्थानीय सरोकारवाला व्यक्ति, संस्था तथा निकायसँग छलफल र अन्तक्र्रिया, सन्दर्भ सामग्रीको अध्ययन एवं विश्लेषण तथा भौगोलिक वस्तुस्थितिको स्थलगत निरीक्षण गरी सो प्रतिवेदन तयार गरेको हो । स्मार्ट सिटीको अवधारणा कार्यान्वयन गर्न तुलसीपुर उपमहानगरपालिकालाई आवश्यक सहयोग गर्न सक्दो सहयोग पर्ने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डाँगी बताउनुहुन्छ । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्पोर्टस् सिटीको अवधारणा कार्यान्वयनका लागि उपमहानगरपालिकामा रु २४ करोडको लगानीमा रंगशाला तथा रु दुई करोडको लागतमा वडा नं ६ मा कभर्ड हल निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले समग्र खेल क्षेत्रको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले काम अगाडि बढाएको र पूर्वाधार निर्माणपछि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तुलसीपुरमा आयोजना गर्न सकिने पाण्डे बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो