२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नयाँ शक्तिका नेता बुढ्थापा मृत फेला

२०७५, २१ श्रावण सोमबार ११:१७

साउन २१, सुर्खेत | नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् । 

आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेलापारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो । 

“आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटेलमा बुढ्थापा खाजा खान गएका बखतमा एङ्गल लामासँग खाजा खाएको, तस्वीर खिचेको र गीत गाएको भेटियो,” उहाँले भन्नुभयो । होटल साहु खड्गजीत रोकायाको भनाइ उद्धृत गर्दै उहाँले खाजा खानेक्रममा भएको विवादले दुवैबीच हानाहान भएको र दुवैलाई छुटाएर एङ्गल लामालाई उनको घरमा पु¥याएर फर्कंदा बुढ्थापा त्यहाँ नरहेको बताउनुभयो । 

सो घटनाका सम्बन्धमा सोधपुछका लागि होटल साहु रोकाया र लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बुढ्थापाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई