२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नयाँ शक्तिका नेता बुढ्थापा मृत फेला

२१ श्रावण २०७५, सोमबार ११:१७

साउन २१, सुर्खेत | नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् । 

आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेलापारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो । 

“आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटेलमा बुढ्थापा खाजा खान गएका बखतमा एङ्गल लामासँग खाजा खाएको, तस्वीर खिचेको र गीत गाएको भेटियो,” उहाँले भन्नुभयो । होटल साहु खड्गजीत रोकायाको भनाइ उद्धृत गर्दै उहाँले खाजा खानेक्रममा भएको विवादले दुवैबीच हानाहान भएको र दुवैलाई छुटाएर एङ्गल लामालाई उनको घरमा पु¥याएर फर्कंदा बुढ्थापा त्यहाँ नरहेको बताउनुभयो । 

सो घटनाका सम्बन्धमा सोधपुछका लागि होटल साहु रोकाया र लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बुढ्थापाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य