२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नाका वन्दीका कारण घरेलु उत्पादनले वजार पायो

२०७२, १५ मंसिर मंगलवार २३:०९

प्रेम सुनार/मंसिर–१६,गुल्मी । भारतिय नाका वन्दीले ईन्धन लगायतको अभाव भए पछि वल्ल अहिले गुल्मीको सदरमुकाम तम्घासमा घरेलु उत्पादनले वजार पाउन थालेको छ । ‘घरको ओदान चुलोबाट हटाएर थन्काईएको थियो । त्यसको हिफाजत नगर्दा हराएछ । अर्को सानो ओदान खिया लागेर काम नलाग्ने भएछ । अहिले ग्याँस नपाएर विस वर्ष पछि दाउराबाट खाना पकाउन सुरु गरेका छौ । त्यसैले ओदान किन्न आएकी हुँ ’–तम्घासकी हरीकला पन्थीले भनिन –‘आखिर दुख पर्दा त आफ्नै मान्छे र आफ्नै वस्तु चाहिने रहेछ जस्तो लाग्यो ।’
पन्थी सहित तम्घास वजारका थुप्रै घर परिवारले घर नजिकैको खाली ठाउँमा वा छतमा दाउराको चुलो बनाएर खाना पकाउन थालेका छन् । कतिपय परिवार भन्छन् –‘विसौं वर्ष पछि दाउराले पकाएको खानाको वेग्लै स्वाद चाख्न पाईयो ।’ जाडोमा आगो ताप्न पनि पाईने , खान पनि पाक्ने किन चाहियो ग्याँस ? के हाम्रा पुर्खाले ग्याँस वालेका थिए र ? भनेर प्रति प्रश्न समेत गर्न थालिएको छ ।

gulmi pic

पक्की घरको डेरामा वस्नेहरुले भुसे चुलो र कराई चुलोमा खाना पकाउन सुरु गरेका छन् । तम्घासका होटलवालाहरुले समेत त्यही चुलो प्रयोग गर्न थालेको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापाले बताए । उनले भने –‘अघिल्लो हप्ता देखि नै दर्जनौ होटलका साथीहरुले ग्याँस नभएर होटल बन्द गर्ने तयारीमा छौं भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । मैले ग्याँसको मात्रै भर नपरौं गाउँघरे चुलो पनि प्रयोग गरौं भने पछि त्यसै गरिएको छ । ’
तम्घासको देउराली देखि उदिनढुङ्गा सम्मका भाडा पसलहरुमा वुझ्दा ग्याँस अभाव भए पछि भुसे चुलो र कराई चुलोको बिक्रि बढ्दै गएको बताए । थोरै दाउराले पनि खान पाक्ने उक्त चुलो तम्घासका अधिकांस सम्पन्न परिवारले समेत प्रयोग गर्न थाले पछि ग्याँस वाल्ने सदरमुकाम वाहिरका होटल व्यवसायीहरुले पनि प्रयोगमा ल्याउन थालेका छन् ।

gulmi
पश्चिम क्षेत्र नम्वर ३ र उत्तर मुसिकोट पौदीअमराई नेटा दर्लिङ्ग लगायतका गाउहरुमा भाडाकुँडा विक्रि हुने तम्घास उदिनढुङ्गाको रोशनी भाँडा पसल, गंगा हार्डवेर, उदिनढुङ्गा मिलन चोकका नाथकन्या स्टोर, सन्ध्या भाँडा पसल र तम्घास नयाँ वजारको रेग्मी भाँडा पसल , पुतली वजारको न्यु रेसुङ्गा जनरल स्टोर लगायतका भाडा पसलहरुमा भुसे चुलो र ग्याँस चुलो किन्न आउनेहरु बढ्दै जान थालेको बताईयो ।
ति चुलाहरु यहिका मिस्त्रीहरुले पनि पनि वनाउने र वुटवलमा बनेर पनि आउने बताईएको छ । यसरी सदरमुकाम तम्घासकै उच्च घरानले समेत घरेलु उत्पादन गर्न थाल्नुले परनिर्भता कम हुने देखिएको छ ।
तस्वीरः तम्घासका वजारहरुका केहि भाँडा पसलहरुमा भुसे चुलो र कराई चुलाहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह