२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको प्रशिद्ध मुसिकोटेवाजा फेरी पनि प्रथम

२१ मंसिर २०७२, सोमबार १२:२४

w  2

प्रेम सुनार । मंसिर–२१, गुल्मी । गुल्मी महोत्सव लगायत जुन स्थानमा पनि प्रथम हुँदै आएको गुल्मीको प्रशिद्ध मुसिकोटे वाजाले यसपाली पनि एक संस्थाले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको छ । वामी विश्व सम्पर्क मञ्च गुल्मीले वामी टक्सारमा आयोजना गरेको नौमति वाजा महोत्सवको प्रतियोगितामा गुल्मी र वाग्लुङ् सम्मका नौमति वाजा समुहलाई पछाडी पार्दै खड्गदेवि नौमति वाजा समुह मुसिकोट प्रथम भएको हो ।

त्यस्तै घरेलु वाजा समुह वामी दोश्रो भएको छ । कुर्घाको समुह तेश्रो भएको छ । विजेताहरुलाई क्रमशः २० हजार १५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै एक जना उत्कृष्ट सहनाई वजाउनेलाई पाँच हजार र प्रतियोगितामा सहभागी सवै समुहलाई ४ हजारका दरले सान्तवना पुरस्कार समेत प्रदान गरिएको छ ।

उनिहरुलाई आयोजक समितिका केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ रायमाझी, मञ्चका स्थानिय समितिका अध्यक्ष ज्ञानहरी सापकोटा वरिष्ठ लोक गायक वमबहादुर कार्की, जनताका गायकका रुपमा परिचीत जिवन शर्मा लगायतका कलाकाहरुले सम्मान गर्दै मौलिक सांस्कृति संरक्षणमा सवै जुट्न आग्राह गरेका थिए ।

नौमति वाजा महोत्सव गुल्मीमा अहिलेसम्म गरिएका सांस्कृतिक कार्यक्रमहरु मध्ये अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम भएको वरिष्ठ राष्ट्रिय कलाकारहरुले समेत बताएका छन् । कार्यक्रममा वरिष्ट लोक गायक वमबहादुर कार्कीले दुई दिनसम्म वामी टक्सारको उक्त कार्यक्रममा आफ्ना पुराना गीतहरु गाएर पुरानो पिढीलाई रुहाए भने त्यस्तै अन्य गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा अर्का वरिठ गायक जिवन शर्मा, गायिका मञ्जु पौड्याल, नविन पौड्याल, संगितकार खेम सेन्च्युरे, गायक सन्तु थापा, गायीका अञ्जली केसी, अभि रायमाझी , उमा केसी मोडल सदिक्षा रायमाझी र चर्चित अर्की मोडल विनु खड्का लगायतको वोजोड प्रस्तुती रहेको थियो ।

त्यस कार्यक्रमका परिकल्पनाकार वामी विश्व सम्पर्क समितिका केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ रायमाझीका अनुसार उक्त नौमति वाजा महोत्सव भुकम्प पिडितहरुको सहयोगार्थ आयोजना गरिएको थियो । वामीविश्व सम्पर्क मञ्जका स्थानिय समितका अध्यक्ष ज्ञानहरी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चर्चित उद्घोषक मञ्जु पौड्यालको उद्घोषण कार्यक्रमलाई थप भव्य पारेको थियो ।

तस्वीरमा: नौमति वाजा महोत्सवका केहि झलकहरु ।

w 4 w  1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु