२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोताखोर टोलीले हिमतालमा बेपत्ता विद्यार्थी खोज्न शुरु गर्यो

२०७५, २३ श्रावण बुधबार ०६:३०

भोजराज कार्की | साउन २३, सोलुखुम्बु | हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ । 

मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९:४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । ४८ मिटर गहिरो सो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिइएको छ । 

मङ्गलबार दिउँसो २ बजे खुम्बु पासाङल्हामु गाउँपालिकाको मच्छेरमुमा अवतरण गराइएको टोली तीन घण्टाको पैदलयात्रा पछि साँझ गोक्यो पुगेको थियो । गोक्योमा नै अवतरण गर्ने योजना भए पनि मौसमको प्रतिकुलताका कारण मच्छेरमुमा अवतरण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । 

जिल्लामा तालीम प्राप्त जनशक्ति र साधन नहँुदा उद्धारमा समस्या भएकाले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खड्काको नेतृत्वको पाँच गोताखोर गोक्यो आएका हुन् । 

खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि, प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेशसभा (क) का सांसद उत्तमकुमार बस्नेत र प्रदेशसभा (ख) का सांसद बुद्धिकुमार राजभण्डारीको पहल तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा गृहमन्त्रालयले गोताखोरको टोली गोक्यो पठाएको प्रजिअ रानाको भनाइ छ । 

उद्धारका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा खुम्बु पासाङल्हामु गाउँपालिकाले लिएको छ । भौगोलिक विकटताको कारण पैदलयात्रामार्फत पुग्न सक्ने सम्भावना नभएपछि हेलिकोप्टरको माध्यमबाट आउने जाने गरिएको छ । हेलिकोप्टरसहितको व्यवस्थापनको सम्पूर्ण कामको जिम्मेवारी खुम्बु पासाङल्हामु गाउँपालिको लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो । 

शैक्षिक भ्रमणमा लैजाने शिक्षक निलम्बित 

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउँदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षकलाई निलम्बन गरिएको छ । गाउँपालिकाको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो । 

“घटनाको सत्यतथ्य छानबिन गरी कारवाही प्रक्रियामा सहयोग गर्ने उद्देश्यले शिक्षकलाई निलम्बन गरिएको हो,” शेर्पाले भन्नुभयो । 

हिमालयन ट्रष्टको सहयोगमा खुम्जुङका स्थानीय छुङजिङ दोर्जे शेर्पा र भक्तपुरका रञ्जित बललाई विद्यालय प्रशासनले मौसम प्रतिकुल भएकाले शैक्षिक भ्रमण रद्द गर्न आग्रह गरेको थियो । तर विद्यालय प्रशासनको उक्त भनाइलाई लक्षित गर्दै उनीहरुले सामाजिक सञ्जालमा प्रशासनको आलोचनासमेत गरेका थिए । “विद्यालय प्रशासनको निर्देशन विपरीत काम गर्नेलाई कारवाही गर्न गाउँपालिका सकारात्मक छ,” अध्यक्ष शेर्पाले भन्नुभयो । 

पौडी खेल्ने क्रममा पौडन नजानेर ती बालक डुबेको श्रव्यदृश्यसमेत सार्वजनिक भएको छ । श्रव्यदृश्यमा पाँच छ जनाको टोली तालको छेउमा पौडी खेलेको देखिन्छ । छोटो समय पौडी खेल्दै गर्दा एक जनाले आफूले लगाएको गञ्जी समेत फुकालेर राख्छन् र पुन पौडन जान्छन् । सोही क्रममा अर्का एक जना बालक पनि पौडन जान्छन् र पौडन नजानेपछि तालको गहिराइतिर गएको देखिन्छ । 

सोही क्रममा गञ्जी फुकालेर पौडने बालक पनि उनलाई उद्धार गर्न गएजस्तो देखिन्छ । दुवै जना झन तालको गहिराइतिर जान्छन् । सोही समयमा अर्का एक जना पनि उद्धार गर्न गएजस्तो देखीन्छ । 

उक्त समयमा माथिबाट हेरिरहेका विद्यार्थी उनीहरुको नाम बोलाउँदै कराउँछन् । पानीमा पौडदै गरेका साथीलाई उद्धार गर्न अर्का एक जना कालो कपडा लगाएका जान्छन् र एक जनालाई भने तानेर उद्धार गर्न सफल भएको श्रव्यदृश्य सार्वजनिक भएको छ । त्यस समयमा केही विद्यार्थीले डोरी दिनुपर्छ भन्ने पनि आवाज आउँछ । 

हिमतालको पानी अत्यधिक चिसो भएको र पौडन नसक्ने भएको कारण बालकको मृत्यु भएको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ । तत्काल पौडी खेल्न सक्ने व्यक्ति भएको भए उनीहरुलाई उद्धार गर्न सकिने सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै