२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवागढी जलविद्युत् आयोजनाको बाँध निर्माण स्थगित

२०७५, २३ श्रावण बुधबार ०७:०५

साउन २३, रसुवा | निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ । 

आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो । 

पानीको बहाव प्रतिसेकेण्ड झण्डै पाँच हजार घनमिटर रहेको अनुमान छ । पानीको बहाव बढेपछि बाँधस्थलमा भएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताइएको छ । 

भूमिगत संरचनाको काम भने निर्वाधरुपमा सञ्चालन भइरहेको छ । चार हजार २०३ मिटर हेडरेस सुरुङको निर्माण अन्तिम चरणमा पुगेको बताइको छ । 

यही साउन ११ गते क्षति भएको टिमुरे घट्टेखोला राजमार्गको पक्की पुल मर्मत द्रुतरुपमा अगाडि बढिरहेको सडक डिभिजन नुवाकोटाका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै