४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको बुलुङ गाउँ पहिरोको जोखिममा

२३ श्रावण २०७५, बुधबार १०:५८

साउन २३,  दोलखा । जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

मध्यराति करीब १२ बजे माथिबाट आएको पहिरोले उनीहरु बसेको घर पुरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारार्थ सिङ्गटी ल्याइएको छ । 

बुलुङको सबै गाउँ पहिरोको जोखिममा परेको छ । पहिरोले सिङ्गो वडामा क्षति पुर्याएकाले अनुगमन भइरहेको र क्षतिको विवरण संकलन हुन अझै केही समय लाग्ने विगु गाउँपालिका–३ का अध्यक्ष श्रीराम खड्काले बताउनुभयो । वडाभरिका करीब ६०÷७० घर पहिरोको जोखिममा परेको जानकारी आएको खड्काले बताउनुभयो । 

पहिरोले साविक बुलुङ गाविस– ७ पाइनगाउँमा पनि ३३ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीय केशर लामाले दिएको जानकारीअनुसार माथिबाट पहिरो र तलबाट खोलाले तानेपछि सो क्षेत्रका ३३ घरपरिवार जोखिममा परेका हुन् । स्थानीय असली तामाङ र डम्बरे तामाङको घर उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । बुलुङकै भिरमुनीमा पनि सात आठ घर पहिरोको जोखिममा परेको स्थानीयवासी भुवन बरालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ