२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चार बर्षपछि बाढी पीडितको तथ्याङ्क संकलन गर्दै प्रदेश सरकार

२३ श्रावण २०७५, बुधबार १७:०३

साउन २३, सुर्खेत | कर्णाली प्रदेश सरकारले गठन गरेको बाढीपीडित उच्चस्तरीय समितिले काम शुरु गरेको छ । चार वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका सुर्खेतका बाढीपीडितको पुनस्र्थापना प्रक्रिया अगाडि बढाउन उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले शिविरमै पुगेर काम थालेको हो । 

समितिले बाढीपीडितको पुनस्र्थापनाका लागि काम अघि बढाउन विस्थापित शिविरहरुमा पुगेर विवरण संकलन गरिरहेको समितिका सदस्य यज्ञप्रसाद ढकालले जानकारी दिए । ‘साउन १४ गते नै समितिको पहिलो वैठक बसेर काम शुरु गरिसकेका छौं’ ढकालले भने, ‘छिट्टै नै सुर्खेतका बाढीपहिरो पीडितहरुको पुनस्र्थापना गर्नुपर्ने यकिन तथ्याङ्क संकलन गरेर प्रक्रियाको थालनी गर्नेछौं ।’ 

प्रारम्भिक रुपमा जिल्लामा पूर्ण क्षती भएका ९७१ घरधुरीलाई आवास र जग्गा व्यवस्थापन गर्नुपर्ने प्रतिवेदन समितिले तयार गरिसकेको छ । विगतमा जिल्ला प्रशासन र भवन डिभिजन कार्यालयले बाढी पीडितहरुको काम गर्दै आएकाले उनीहरुबाट आवश्यक तथ्याङ्क संकलन गरेर त्यसमाथि अध्ययन थालेको सदस्य ढकालले बताए । तर समितिले फिल्डमै पुगेर प्रारम्भीक विवरण तयार गर्दा अझै वास्तविक बाढीपीडितहरु छुटेको तथ्यहरु फेला पारेको समेत जनायो ।

शिविरमा नभएका तर पूर्ण रुपमा घरवारविहिन भएका पीडितहरुको लगत संकलन पनि भइरहेको ढकालले जानकारी दिए । ‘समितिको काम कर्तव्य र अधिकार तयार गरेरै काम थालिसकेका छौं’ ढकालले भने, ‘चाडै नै उनीहरुको पुनर्वास गर्नेगरी प्रतिवेदन तयार गर्छौं । यसलाई पूर्णता दिन हामीलाई सम्भवत् अझै केही समय लाग्छ ।’समितिले बाढी पीडितहरुको लगत संकलनको जिम्मेवारी ढकालले नै पाएका छन् ।

यस्तै, विस्थापितहरुलाई पुनस्र्थापनाका लागि जग्गा व्यवस्थापन गर्न खड्कबहादुर विश्वकर्मा र कार्यालय व्यवस्थापनको जिम्मेवारी ललितजंग शाहलाई जिम्मेवारी दिइएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम निर्देशनालयमा समितिको कार्यालय स्थापना गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन प्रदेश सरकारले गरेको थियो ।समितिको सदस्यमा यज्ञप्रसाद ढकाल, खड्गबहादुर विक र ललितजंग महत छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पदेन सदस्य छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सविच उक्त समितिको सदस्य सचिव छन् ।०७१ सालको साउनमा आएको बाढीका कारण सुर्खेतका नौ सयभन्दा बढी परिवार घरबारविहीन भएका थिए । चार वर्षसम्म बाढीपीडित मसिना, वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, गिरीघाट, तिखाकुना लगायतका स्थानमा अस्थायी शिविर स्थापना गरेर बसिरहेका छन् ।

समितिले आफ्नो कार्यविधि बनाउँछ र संघीय सरकारसँग समन्वय गरेर समस्या समाधान गर्ने अख्तियारी पाएको छ । समितिको कार्यअवधि नतोके पनि समितिले समयमै काम सक्नेमा प्रदेश सरकार ढुक्क छ । समितिले समयमै प्रतिवेदन तयार गरे त्रिपालमा कष्टकर जीवन विताउँदै आएका बाढीपीडितले आफूहरूको पुनःस्थापना हुने आशामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य