२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकलाई सहज रुपमा न्याय पाउने वातावरण बनाउन आवश्यकः पूर्व मन्त्री तामाङ

२०७५, २७ श्रावण आईतवार १७:११

साउन २६, काठमाडौं । पूर्व कानुन मन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले आम नागरिकलाई न्यायलायबाट सरल र सहज रुपमा न्याय पाउने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । 

उनले भने– ‘न्यायालय पीडितलाई न्याय दिने सर्वोच्च निकाय हुन्,  न्यायालय र न्यायाधिशले  निष्पक्ष र इमान्दारीपूर्व सबै नागरिकलाई समान रुपमा न्याय प्रदान गर्नुपर्ने हुन्छ ।’ जसरी छोराछोरीले जग्गा अंशासम्बन्धि बाउआमासंग न्याय खोज्दा नपाएको अवस्थामा न्यायालय पुग्नुपर्ने हुन्छ । त्यसकारण पनि न्यायालय बाउआमभन्दा ठूलो निकाय रहेको छ ।  सांसद तामाङले न्यायलायमा देखिएका विकृतिहरुलाई सुधार गर्न भ्रष्ट्रचारलाई रोक्नु पर्ने बताउँदै त्यस अभियानमा आफु सक्रिया रुपमा लागिपरेको समेत बताए । 

सकारात्मक विकास सञ्चार केन्द्रले काठमाडौंको जोरपाटीमा आयोजित ‘जनतामा चुस्त र दुरुस्त न्याय कहिले ?’ भन्ने विषयको अन्तरसंवादमा बोल्दै उनले न्यायालयभित्र रकमको चलखेल नहटेसम्म जनताले सहज रुपमा न्याय पाउने अवस्था नरहेको जिकिर गरे । सार्वजनिक पदधारण गर्ने व्यक्तिहरुले सम्पत्ति विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै भ्रष्ट्रचार न्यूनिकरण त्यसले महत्वपूर्ण भूमिका निभाउने बताए । पारदर्शीका लागि मन्त्री, प्रधानमन्त्री, प्रधानन्यायाधिश, न्यायाधिश, सुरक्षा निकायका प्रमुख तथा सरकारी कर्मचारीका प्रमुखहरुले पद धारण गर्ने बेला र पदबाट हटेपछि सम्पत्ति विवरणको बारेमा आम नागरिकलाई जानकारी दिएमा भ्रष्ट्रचार न्यूनिकरणमा सहयोग पुग्नेमा प्रस्ट पारे । 


त्यस्तै पूर्व सभामुख तथा संविधानविद् दमननाथ ढुंगानाले संसदीय व्यवस्था नै खारेज गर्नुपर्ने बताए । उनले भने– ‘संविधानमा संसोधन गर्नुपर्छ, संवैधानिक परिषद र न्यायिक परिषदमा पनि विचार गर्नुपर्छ ।’ न्यायाधिश नियुक्तिको प्रशांगलाई कोट्याउँदै उनले न्यायाधिशको सम्पूर्ण जावाफदेही प्रधानन्यायाधिश हुनुपर्ने बताउँदै न्यायादिश नियुक्तिमा वर्तमान सरकारले दुई तिहाई बहुमतको दम्भ देखाएर न्यायालयलाई अन्यौलको वातावरण सिर्जना गर्न नहुने सुझाव दिए । 

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्त वोर्ण बहादुर कार्कीले न्यायालय मन्दिर भएको र उक्त मन्दिरमा हरेक जनताको आस्था रहने बताए । उनले भने–‘न्यायको मन्दिरका पुजारी भनेका न्यायाधिश हुन, जसरी मन्दिरमा पुजारी खराव र आफ्नो आचारणमा बस्न सकेनन् भने त्यो मन्दिर प्रदुषित हुन्छ ।’ त्यस्तै न्यायालयभित्रका न्यायाधिश खरब भयो भने जनताले न्याय पाउन सकिदैन । अन्यायमा परेकालाई न्यायको अनुभूति प्राप्त गराउन न्यायालयको ढोकामा पुर्याउने र न्याय दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । 

सोही कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार तथा सामाजिक अभियान्त श्रीकृष्ण सिम्खडाले कुनै पनि अपराधिलाई कानुनको हत्कडीबाट चुक्न दिन नहुने बताए । न्यायालयभित्र केटाकेटीपनको व्यवहार देखाएको भन्दै न्यायालयलाई मर्न खोज्नेहरुका लागि खबदारी गर्न जरुरी रहेको बताए । कलाकार सिम्खडाले सबै नागरिकको पहुँचमा पुग्ने न्याय हुन जरुरी रहेको उजागार गर्दै यसको लागि न्यायिक क्षेत्रमा भ्रष्ट्रचारीलाई प्रवेश निषेध गर्न सबैको भूमिका उल्लेख गरे ।  उनले भने – ‘न्यायपालिकामा राजनीतिक दृष्ट्रिकोणबाट टाढा राख्नुपर्ने र  समयसापेक्ष कानुनलाई संसोधन गर्दै लैजानुपर्ने सुझाए । 

कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा वक्ताहरुले कोही कसै विनाकारण अन्यायमा पर्नु लोकतन्त्रको अपमान गर्नु सरह रहेको बताएका छन् । सहभागीमध्ये यदुनाथ ढुंगेलले आफु पूर्व सांसद रामेश्वर ढुंगेलबाट पीडित भएको र सर्वोच्चले समेत अन्याय गरेको भन्दै आफ्नो सम्पूर्ण प्रमाणसहित प्रस्तुत भएका थिए । उनले आफुले न्याय नपाएको गुणासो गर्दै न्यायालयभित्र मुद्धलाई रकममा किनबेच गर्नेहरुको विगविकी अझै नहटेसम्म आफु जस्तो अन्यायमा परेकाहरुले न्याय पाउने आशा समेत नगरे हुने भनाई व्यक्त गरे ।  पूर्व सांसद ढुंगेलले राजनीतिक शक्ति र पैसाको आडमा कर्मचारी किनेर आफ्नो मुद्ध हराईदिएको र सर्वोच्चका केही न्यायादिशले समेत आफुलाई पुनः मुद्ध दोहो¥याउन नपाउने भन्दै चिट लेखिदिएको आरोप लगाए । 


उनै पीडित ढुंगेलको जिज्ञासालाई मेटाउँदै पूर्वसभामुख दमननाथ ढुंगानाले आफुलाई चित्ता नबुझेसम्म सर्वोच्चमा पुनः मुद्ध दर्ता गर्न पाउन सकिने सुझाव दिदैं अन्याय गरेको भए जोकोही पनि कारवाहीको भागिदार बन्नु पर्ने  र पीडितले न्याय पाउनुपर्ने उनको तर्क थियो ।  

कानुन, न्याय र जवाफदेहीता विषयमा सबै नागरिकले बुझ्न् जरुरी रहेको हुनाले आफू सजक र सचेत भई सेवा उपभोग गर्न यस प्रकारको अभियान राज्यले नै उपलब्ध गराउनुपर्ने सस्थाका अध्यक्ष भिम लामा बताए । सबै नागरिकको पहुँचमा कानुनी प्रावधानका जानकारी तथा सूचना भएमा मात्र न्यायिक क्षेत्र सुधार आउने उल्लेख गरे । विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला, पत्रकार तथा युवाहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सभापतित्व सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ